मथुरा हजराको अपहरणकारीको खुलाशा

आर.सि.एनबाट । 
वीरगंज  श्रावण । बृद्ध मथुरा हजरालाई अपहरण गर्ने अपहरणकारीको नाम अपहरित हजराद्व।रा नारायाणी उप क्षेत्रिय अस्पताल वीरगंजमा उपचार गराउने क्रममा स्थानिय संचारकर्मीले निज हजरालाई अपहरण घटना बारे सोधपुछ गर्ने दौरनमा हजराले अपहरणकारीको नाम तथा घटना बारे संवाद भईरहेकै दौरानमा एक स्थानिय युवकद्वारा मोवाईलमा गरिएको अडियो रेर्कडको आवज आज खुलाशा भएको छ । 
उक्त हजराले नारायाणी उप क्षेत्रिय अस्पतालको आकस्मिक कक्षमा उपचार गर्ने क्रममा नेपाल टेलिभिजन तथा बाइपास दैनिकमा कार्यरत रहनु भएका संचारकर्मी नेहाल खानले सो अपहरित हजरालाई सोध्दा हजराले मलाई किशोरी महतो कोइरीले उठाएर लगेको र बग्गी (बग्गी खोला) मा फालि दिइएको कुरा बताए ।
त्यसै गरी संचारकर्मी खानले तपाइलाई उठाएर लैजानै क्रममा किन कराउनु भएन् भनेर अर्को एक प्रश्न गर्दा निज हजराले सो घटना राति भएकोले उक्त स्थानमा कोही मान्छे नभएकै कारणले नकराएको बताएका छन ।
सो घटना सम्बन्धमा संचारकर्मी र अपहरीत बिच संवाद गरी रहेकै दौरानको उक्त संवादकै क्रममा एक स्थानिय युवाद्वारा मोबईलमा अडियो रेकर्ड गरेको आवज समेत आज सार्वजनिक भएको छ ।
स्मरणिय छ कि जग्गा धनी मथुरा हजराको जग्गा ठगी गर्ने र उल्टै जग्गा धनी हजराको अपहरण गरिनुको साथै निज हजराको पर्ने नाता कुटुम्बलाई समेत कुटपिट गरि घाईते बनाउने माथि पिडित हजरा पक्षले दिइएको उजुरी माथि किन के कति कारणले कानुनी कार्यंवाहीको प्रक्रिया अगाडी नबढाएको सम्बन्धमा गत आइतबार संबिधान सभाका सभासद रमेश प्रसाद कुर्मीले टेलीफोन मार्फत सम्पर्क गरी कुरा बुझन खोज्दा जिल्ला प्रहरी कार्यालय पर्साका एस.पि. धिरज प्रताप सिहंले गुण्डा शैलीमा दिइएको जवाफ माथि संबिधान सभाका सभासद कुर्मीले संसदको बैठकमा एस.पि.सिहंले दलित जातिमाथि गरेको अन्याय तथा सभासद सँग कुरा गर्ने शैलीको सम्बन्धमा जोडदार कुरा उठाउने कुरा स्थानिय समाचार पत्रपत्रिकामा सार्वजनिक भएको थियो ।


SHARE THIS

Author:

Facebook Comment