तराई मधेशको समस्या समाधान विना सविधान निर्माण नहुने—संयोजक यादव

वीरगन्ज २८ साउन
जनतान्त्रिक तराई मुक्ती मोर्चा पृथ्वी समूहका संयोजक महाराज यादव उर्फ पूथ्वी सिंहले मधेश र मधेशीको हकअधिकार सुनिश्चित विना सविधान निर्माण हुन नसक्ने दावी गर्नुभएको छ । मधेशी पत्रकार समाज पर्साले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक यादवले हाम्रो माग प्रति सरकार ईमान्दारिता देखाएको हुनाले बन्न लागेको सविधानमा मधेश र मधेशीको हकअधिकार सुनिश्चित हुने आशा लिएको बताउनु भयो । उहाले तराई मधेशको समस्या समाधान विना सविधान निर्माण गर्न खोजे भुमिगत संगठनहरु त्यसको विरोध गर्ने र सविधान निर्माण हुन नदिने चेतावनी दिनुभयो । संयोजक यादवले तराई मधेशको समस्याहरु उजागर गरी त्यसको समाधान गर्नको लागि सविधानमा उल्लेख गराउने प्रतिबद्धता समेत जनाउनु भयो । सरकारको ईमान्दारीता पूर्ण तयारी भएकोले आफूहरुको वार्ता शान्तिपूर्ण रुपमा सफल भएको बताउदै संयोजक यादवले वार्ताको माध्यमले नै आफनो संगठनको माग सविधानमा सुनिश्चित गर्ने विश्वास रहेको बताउनु भयो । विगतमा दिनमा पनि सरकारले वार्ताको लागि आफनो संगठनलाई बारम्बार पत्रचार गरेपनि सरकारको ईमान्दारीता नदेखाएको कारण वार्ता हुन नसेको र अहिलेको सरकारले भुमिगत संगठन प्रति ईमान्दारीता देखाएको हुनाले वार्ता सफल भएको बताउनु भयो । गत २६ गते संयोजक यादव र सवैधानिक राजनितिक संवाद तथा सहमति समिति प्रारम्भीक वार्ता उपसमिति संयोजक आनन्द प्रसाद ढुगाना विच ४ बुन्दे वार्ता जनकपुरको रामा होटलमा सम्पन्न भएको थियो । वार्तामा मोर्चाले नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता र सार्वभौमसत्ताप्रति पूर्ण प्रतिबद्ध रही शान्तिपूर्ण राजनितिक गतिविधिमा अगाडी बढने, मोर्चाले उठाएको सविधान सम्बद्ध विषयवस्तुहरु सवैधानिक राजनितिक संवाद तथा सहमति समितिमा प्रस्तुत गराउने, मोर्चाको साथमा रहेको हातहतियार, बन्दी, भुमिगत कार्यकर्ता र उनीहरु माथि लागेको मुद्दाहरुको विवरण ११ दिनभित्र उपसमितिलाई उपलब्ध गराउने र बन्दी रहेका कार्यकर्ताहरुको मुद्दाको खारेज गरी रिहाईका लागि आवश्यक पहल गर्ने, वार्ताको क्रममा आवतजावत गर्दा वार्ता टोलीका सदस्यहरुको सुरक्षाको प्रत्याभुति गराउने सम्बन्धमा सहमति भएको थियो । पत्रकार सम्मेलनमा मोर्चा केन्द्रिय योगेन्द्र प्रसाद यादव, जिल्ला सदस्य सुरेश यादव, ताराचन्द प्रसाद साह, लवकुश सिंह लगायतको सहभागिता रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment