‘व्यापार घाटा कम गर्न व्यवसायिक कफि खेती’


क्राइमचेक प्रतिनिधि/
वीरगंज/पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न व्यवसायिक कफी खेतीको प्रवद्र्धन आवश्यक भएको बताउनु भएको छ ।
सिन्धुपाल्चोकको सुकुटेमा नव निर्मित कफी प्रशोधन तथा भण्डारण केन्द्रको आज उद्घाटन गर्दै कोइरालाले नेपालमा उत्पादित अर्गानिक कफीले अन्तर्राष्ट्रिय ख्याती पाएकाले यसको व्यवसायिक क्षमतामा वृद्धि गर्नु आवश्यक रहेको बताउनु भएको हो ।
सरकारले कृषि क्षेत्रको आधुनिकीकरण व्यावसायिक खेतीका लागि थुप्रै सहुलियत दिने गरेको बताउदै उहाले त्यसको प्रतिफल घरदैलोमा पुर्‍याउन सहकारी अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।  सिन्धुपाल्चोकका ३४ वटा गाविसको १२० हेक्टर क्षेत्रफलमा कफी खेती लगाइएको छ । जहाा २२ सय घरधुरी कृषक कफी खेतीमा संलग्न छन् । सिन्धुपाल्चोकमा वर्षेनी उत्पादन हुने १२ टन कफी कोरिया निकासी हुने गरेको छ । उत्पादकहरुले ५ वर्षभित्र उत्पादन बढाएर ५० मेट्रिक टन पुर्‍याउने लक्ष्य राखेका छन ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्....

SHARE THIS

Author:

Facebook Comment