क्राइमचेक प्रतिनिधि
वीरगंज/पर्सा प्रहरीले बुधवार अवैध लागुऔषध खैरो हिरोइन सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा लागुऔषध नियन्त्रणकोलागि जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विशेष अभियान अन्तर्गत बुधवार करिब दुई बजे अस्थायी प्रहरी मन्दिर पोष्टबाट खटिएको प्रहरीको विशेष टोलीले भारतको रक्सौलबाट नौ ग्राम अवैध लागुऔषध खैरो हिरोइनसहित प्लाष्टिकमा पोका पारी पाइन्टको खल्तीमा लुकाइ छिपाई ल्याउँदै गरेको अवस्थामा मकवानपुरको बासामाडी वडा नं. २ निवासी २३ वर्षीय डम्बर बहादुर पंडितलाई वडा नं. १९ स्थित बाटोमा फेला पारी उक्त परिमाणको लागुऔषध सहित नियन्त्रणमा लिई लागु औषध खैरो हिरोइन मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्
Nepalese Rupee Exchange Rate