फरार अपराधी भारतमा पक्राउ


क्राइमचेक प्रतिनिधि/
वीरगंज/सुनसरीको झुम्का स्थित पूर्वाञ्चल क्षेत्रीय कारागारबाट सुरुङ खनेर फरार भएका मध्ये दुई अपराधी भारतमा पक्राउ परेका छन् ।
फरार कैदी मध्येका एक भारतीय नागरिक बमबम यादव र सुभाष यादवलाई विहारको अररिया जिल्ला अन्र्तगत जगता खरसाही हटिया नजिकको बगुलाहा पुलबाट मंगलबार नियन्त्रणमा लिईएको भारतीय संचारमाध्यमहरूले जनाएको छ । उनिहरुसंगै अन्य एकजना समेत पक्राउ परेका छन । उनीहरुको साथबाट भारतीय प्रहरीले विभिन्न हतियार र गोली समेत बरामद गरेको
छ ।  विहारमा पनि एकदर्जन भन्दा बढी हत्या र लुटपाटका गरी २६ घटनामा आरोपी रहेका बमबम र सुभाष नेपालमा पनि विभिन्न हत्या र अपहरणका घटनामा अदालतबाट सजाय तोकिएर झुम्का कारागारमा कैदी जिवन बिताइरहेका बेला ०६९ साल कार्तिक २३ गते राति सुरुङ खनेर अन्य कैदीसँगै भागेका थिए ।
पूर्वाञ्चलका प्रहरी प्रमुख डिआईजी नवराज सिलवालले कारागारबाट भागेका मध्ये थप दुई कैदी भारतमा पक्राउ परेको पुष्टी गर्नुभयो । बमबम र सुभाष पक्राउ परेपछि सुरुङ खनेर भागेका मध्ये नेपाल र भारतमा गरी ६ जना पक्राउ परिसकेका छन । भारतीय प्रहरीले यस अघि सुरुङ खनेर भागेका मध्ये बंगलादेशी नागरिक सुबबत वेन, भारतीय अपराधी धिरेन्द्र यादव रमेश यादवलाई पक्राउ गरिसकेको छ  भने भागेका मध्ये विनायक यादवलाई सप्तरी प्रहरीले केही समय अघि पक्राउ गरेको थियो ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्

SHARE THIS

Author:

Facebook Comment