घुसलिंदालिंदै एलडिओ पक्राउ


क्राइमचेक प्रतिनिधि/
वीरगंज/रौतहटका स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारी घुस लिँदा लिँदै पक्राउ परेका छन् ।
स्थानीय हेल्पलाइन नेपाल नामक सँस्थासँग एक लाख २० हजार घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार विहान पक्राउ गरेको हो । स्थानीय विकास अधिकारी भण्डारीले संस्थाका प्रतिनिधिलाई गौरमा रहेको आफ्नै निवासमा बोलाएर घुस लिएका थिए ।
पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुस
न्धान भैरहेको रौतहटका प्रहरी उपरीक्षक उमेश रन्जितकारले जानकारी दिनुभयो ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्

SHARE THIS

Author:

Facebook Comment