खुल्ला सीमानाको दुरुपयोग बढ्यो: राजदूत रे


क्राइमचेक प्रतिनिधि/
चितवन/भारतीय राजदूत रञ्जित रेले नेपाल–भारतबीचको खुला सीमाको दुरुपयोग रोक्दै आर्थिक साझेदारी बढाउनु पर्न बताएका छन् ।
चितवन उद्योग वाणिज्य संघले बुधवार चितवनमा गरेको सीमा व्यापार सम्बन्धी गोष्ठीमा राजदूत रेले नेपाली पक्षबाट खुला सीमानाको दुरुपयोग बढ्दै गइरहेको गुनासो गरे । नेपाल र भारतबीचको १८ सय ७५ किलोमिटर खुला सीमाना विश्वमै  नौलो प्रयोग रहेको भन्दै उनले यसको उपयोग गर्दै नेपालले करिब ९८ प्रतिशत आयात भारतबाट गर्न गरेको बताए । कुनै एक देशले चाहेर मात्र आर्थिक विकास हुन नसक्ने भन्दै राजदूत रेले विकासका लागि साझेदारी आवश्यक रहेको पनि बताए ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्

SHARE THIS

Author:

Facebook Comment