काठमाडौं/एकीकृत माओवादीले बजेट संघीयता र शान्ति प्रक्रिया विरुद्ध आएको भन्दै संशोधन नगरेसम्म संसदबाट बजेट पारित हुन नदिने चेतावनी दिएको छ ।बजेटले संघीयतालाई संबोधन नगरेको र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषय नभएको भन्दै एकीकृत माओवादीले संसोधन नभए सं
सदबाट बजेट पारित हुन नदिने चेतावनी दिएको हो । एकीकृत माओवादीले जनयुद्ध र विभिन्न आन्दोलनका घाइतेलाई भत्ता र रोजगारीको ग्यारेन्टी गर्नमाग गरेको छ ।
यस्तै शहीद र बेपत्ता परिवारलाई यसअघि दिने भनिएको दुई लाख रुपैयाँ तत्काल दिनु पर्ने र तामाकोशीमा सेयर सुनिश्चित गर्नपर्ने माग गरिएको एकीकृत माओवादीका सभासद अग्नी सापकोटाले जानकारी दिनुभयो । वैज्ञानिक भूमिसुधार कार्यान्वयन गर्नपर्नुे र गरीबकालागि परिचय पत्र ७५ वटै जिल्लामा बाँड्नु पर्ने माग राखेको सापकोटाले जानकारी दिनुभयो । अहिले एकीकृत माओवादीले राखेका मागमा सत्तारुढ दलबीच संविधानसभा भवन नयाँ बानेश्वरमा छलफल भइरहेको छ ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्
Nepalese Rupee Exchange Rate