स्वास्थ्य सेवा र चिकित्सकहरू शहर केन्द्रित भए : अर्थमन्त्री


काठमाडौं/अर्थन्त्री डा. रामशरण महतले स्वास्थ्य क्षेत्रलाई ग्रामीणमुखी बनाउनु पर्ने आवश्यकतामा जोड दिएका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जको ३२औं वार्षिक दिवसको बुधवार राजधानीमा उदघाटन गर्दै महतले स्वास्थ्यसेवा र चिकित्सकहरू शहर केन्द्रित भएकोमा असन्तुष्टि जनाए ।
आर्थिक वर्ष २०७१/७२ को लागि ३३ अर्बौं रुपैयाा स्वास्थ्य क्षेत्रको लागि विनियोजन गरेको भन्दै महतले धनी केन्द्रित स्वास्थ्य सेवाको पहुँच ग्रामीण क्षेत्रसम्म पुर्‍याउन सबै लाग्नुपर्नेमा जोड दिए । शिक्षण अस्पताल राष्ट्रकै महत्वपूर्ण र उत्कृष्ट स्वास्थ्य केन्द्रको रुपमा रहेको भन्दै महतले अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनु पर्ने बताए ।कार्यक्रममा शि
क्षण अस्पतालका कार्यारी निर्देशक डा. दीपक प्रकाश महराले अस्पतालको स्तरोन्नतिका लागि सरकारबाट तीन करोड रुपैयाा प्राप्त भएको र नेपाल सरकारबाट प्राप्त ५८ करोडको आर्थिक सहयोगमा सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र भवन निर्माण हुने जानकारी दिए । कार्यक्रममा अस्पतालमा उत्कृष्ट सेवा पुर्‍याएको भन्दै चिकित्सक र कर्मचारीलाई सम्मानित गरिएको थियो ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्

SHARE THIS

Author:

Facebook Comment