सय वटा सरकारी विद्यालय गाभिदैं

काठमाण्डौ/स्थानीयस्तरमा आवश्यकता भन्दा बढी विद्यालय स्थापना गरिएको भन्दै सरकारले झन्डै सय वटा विद्यालयहरूलाई एक आपसमा गाभेको छ ।
नचाहिने ठाउँमा विर्यालय र्थापना गरिदाँ सरकारको स्रोत साधनको सही सदुपयोग हुन नसकेको शिक्षा विभागले जनाएको छ । आगामी आर्थिक वर्षमा थप दुई सय त्यस्ता विद्यालयलाई समायोजन गर्ने लक्ष्य रहेको अधिकारीहरूले बताएका छन् । गएको दुई वर्षेखि विद्यालयहरूलाई समायोजन गर्ने प्रक्रिया शुरु गरिएको हो । समायोजनअनावश्यक ठाउँमा समेत विद्यालय स्थापना भएकोले शिक्षक दरवन्दी र न्युनतम पूर्वाधार समेत जुटाउन नसकिएपछि विद्यालयहरूलाई समायोजन गर्नु परेको शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले बताए । उनले भने, “अहिलेसम्म एघार जिल्लाको ९८ विद्यालय आपसमा गाभिएका छन्, पाँच जिल्लाको ३२ वटा विद्यालयको तह घटेको छ र तीन वटा विद्यालय बन्द भएको छ ।” खास गरी आफ्नो निर्वाचन क्षेत्रमा राजनीतिक प्रभाव विस्तार गर्न दवाव दिएर विद्यालय स्थापना गर्ने प्रवृत्ति बढेपछि अनावश्यक ठाउँमा पनि विद्ययालय स्थापना भएको बताइएको छ । विद्यालयको संख्या धेरै भएको भन्दै गत वर्ष नयाँ विद्यालयको स्थापना गर्न शिक्षा मन्त्रालयले रोक लगाएको थियो । आगामी आर्थिक वर्षमा विद्यालय समायोजनको कामलाई निरन्तरता दिने निर्देशक पाण्डेले बताए । ‘आगामी आर्थिक वर्षमा बजेटबाटै दुई सय विद्यालयहरूलाई समायोजन गर्न भन्ने लक्ष्य छ त्यो अनुसार हामी विद्यालयको समायोजन प्रक्रियामा लाग्छौं ।’ तर यस शैक्षिक सत्रबाट आवश्यक देखिएमा नयाँ विद्यालय स्थापना गर्नको लागि भने स्वीकृति प्रदान गर्न रोक नलगाएको विभागले जनाएको छ । नेपालमा हाल लगभग ३५ हजार विद्यालयहरू मध्ये २९ हजार सामुदायिक विद्यालय छन् ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्....

SHARE THIS

Author:

Facebook Comment