मधेश विरोधीको आरोप लगाउँदै काँग्रेस कार्यकर्ताद्वारा पार्टी परित्याग

क्राइमचेक प्रतिनिधि/
वीरगंज/२२ वर्षसम्म एउटै पार्टी नेपाली काँग्रेसमा लागेर संघर्ष गर्दै आएका एकजना सक्रिय कार्यकर्ताले नेपाली काँग्रेस मधेश विरोधी पार्टी भएको ठहर गर्दै परित्याग गरेका छन् ।
नेपाली काँग्रेस क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि एवं २०५८ सालमा केही समयका लागि दलित विकास बोर्डको कार्यकारी निर्देशक समेत भइ सकेका अशोक राउतले नेपाली काँग्रेस पर्साबाट सम्पूर्ण पदीय जिम्मेवारी र साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन् ।
वीरगंज विर्ता निवासी अशोक कुमार राउतका अनुसार पार्टीले मूल्यांकन नगरेको, व्यक्तिवादी, एकात्मक प्रणाली, नातावाद, कृपावादमा पार्टी फसेको र पैसावालाको
बोलबाल मात्र भएको हुनाले इमान्दार कार्यकर्ताको मूल्यांकन नभएकोले आफूले पार्टी छोड्नु परेको बताए ।
२०६४ सालको संविधानसभाको चुनाव र २०७० मा भएको दोश्रो संविधानसभाको चुनावमा पार्टीले प्रत्येक र समानुपातिक तर्फ समावेशी नगरेको र मधेसी मूलका दलित, जनजाति, मुस्लिमलाई जहिले पनि उपेक्षा गर्ने तथा यी समुदायका व्यक्तिहरुसँग भेदभाव गर्ने, आश्वासनमा मात्र सिमित राखेको हुनाले नेपाली काँग्रेस पार्टी परित्याग गरेको राउतको कथन थियो ।
राजिनामाको लिखित र मौखिक रुपमा नेपाली काँग्रेस पर्साका सभापति एवं सभासद सुरेन्द्र चौधरी र जिल्ला सचिव अशोक जैसवाललाई जानकारी गराएको पटेलले जानकारी गराएका छन् ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्....

SHARE THIS

Author:

Facebook Comment