क्राइमचेक प्रतिनिधि/
वीरगंज/सरकारले मुक्त कमैयाहरुलाई उचित पूर्नस्थापना गर्न नसकेको भन्दै आफ्ना मागहरुमा गम्भीर नभए आन्दोलन गर्ने बताएका छन ।मूक्त कमैया पुर्नस्थापना निगरानी केन्द्रिय संघर्ष समितिले सरकारले समयमै आफ्ना माग पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । मूक्त कमैया पुर्नस्थापना निगरानी केन्द्रिय संघर्ष समितिले विगतमा आफूहरुले गरेको लामो संघर्ष पश्चात मात्रै स
कारले २०५७ सालमा मूक्त कमैयाहरुलाई मूक्ति घोषणा गरेको स्मरण गर्दै मूक्ति घोषणा गरेको पनि १४ बर्ष वितिसक्दा कुनै उचित पुर्नस्थापना नभएकोमा आपत्ति जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले सरकारले मूक्त कमैयाहरुलाई आश्वासन मात्रै दिएको भन्दै पूर्नस्थापनाको विषयमा गम्भिर नभएको आरोप लगाएको छ । संघर्ष समितिका संयोजक बिन्तीराम थारुले राजनीतिक दलले पनि मूक्त कमैयाहरुलाई विभिन्न फोस्रा नाराहरु बाडेर चुनाव जित्नका लागि भोट बैंकको रुपमा प्रयोग गरेको आरोप लगाउनुभयो ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्....
Nepalese Rupee Exchange Rate