औसत प्रत्येक वर्ष जुन १० (जेष्ठको अन्तिम सप्ताह) सुरु भएर सेप्टेम्बर २३ मा सकिने छ । जलवायु परिवर्तनको अनुभूति नेपाली कृषकहरुले यसपाली गरेका छन् । २०७१ साल असार १४ गतेसम्म मनसुन वर्षा आएको छैन । मौसम विदहरुले मनसुन ढिला हुने र बर्षा प्रर्याप्त नहुने जानकारी गराएका छन् । नेपालको अधिकांश खेत, बारीमा मनसुनु वर्षा नभइ धान, मकै कोदो, घैया लगायत कुनै पनि उत्पादन हुँदैन । लामो खडेरीका कारण खेतमा धान रोप्नु पाइएको छैन । बारीमा लगाइएका मकै सुख्खाका कारण सुक्दैछन । पहाड र मधेशमा नै यसपाली खडेरी परेको छ । किसानहरु कहिले पानी पर्ला भनेर आकाश तोकर ताकेर बसीरहेका छन् । पृथ्वीको तापक्रम बढ्दै गएको छ । प्रचण्ड गर्मीले जन–जीवन प्रभावित बनेको छ । अतिवृष्टी (धेरै पानी पर्नु), अनावृष्टि (पानी पर्दै नपर्नु) खण्ड वृष्टि (कतै वर्षा हुने, कतै नहुने), प्रर्याप्त वर्ष (खेतीपातीलाई पुग्ने वर्षा) नहुनु नै जलवायु परिवर्तनका लक्षण हुन् । नेपालको खेतीको आकाशे वर्षामा भर पर्नु बाहेक अर्को बिकल्प छैन । नेपालका ८७ प्रतिशत कृषिमा आश्रित छन् । नेपालको खेती खाइ जीविका मात्र हो, व्यवसायिक खेती सुरु भएको छ । नेपालका किसानहरुले उत्पादन गरेको खाद्यान्नले नेपालको कूल जनसंख्या २ करोड ६५ लाखलाई ६ महिना पनि खान पुग्दैन । बाँकी ६ महिनाको लागि खाद्यान्न भारत लगायतका देशबाट आयात गरिनेछ । खाद्यान्नमा देशदिन पर दिन पर निर्भर हुँदै गएको छ । प्रत्येक वर्ष खाद्यान्नको मूल्य २०/२६ प्रतिशतले वृद्धि भइरहेको छ । पहाडी जिल्लामा सरकारले अनुदान दिएर चामलको बिक्री बितरण गरीरहेको छ । बैदेशिक रोजगारीमा जाने नेपालको पुरानै चलन हो । पहिले पहिले नेपालीहरु रोजगारीका लागि भारतसम्म मात्र जाने गर्दथे । केही वर्ष देखि नेपालीले विश्वभर वैदेशिक रोजगारीको अवसर पाएका छन् । खेती किसानीले विहान बेलुकीको छाक टार्न सँधै धौ–धौ भई गरिबको जीवन बिताउनु पर्ने बाध्यतालाई तोडेर वैदेशिक रोजगारीमा जान नेपालीको लहर लागेको छ । विश्वका बिभिन्न देशमा बैदेशिक रोजागारीमा जाने नेपालीको संख्या ३१ लाख नाघेको छ । खेतीपाती बाट घर परिवार धान्न नसकेर अवसरको फाइदा उठाउँदै वैदेशिक रोजगारमा जाने क्रममा भएकाले खाद्यान्न उब्जने खेतीबारी पनि बाँझो हुन थालेका छन् । अनिकाल पर्यो वा विदेशबाट खाद्यान्न आयात भएन नेपालीहरु भोकभोकै पर्नु पर्ने अवस्था छ । देशको आवश्यकता व्यवसायिक खेती गरी उत्पादकत्व बढाउनु पर्नेछ । देशको हिमाल, पहाड र तराइमा खाद्यान्नको ठूलो अभाव छ । मकै, धान, गहुँ, चामल सबै भारतबाट आयात भइरहेका छन् । नेपालमा कुनै कारण कुनै बेलाभारतबाट खाद्यान्न आएन भने नेपालीको अवस्था कस्तो होला भने त्यति खेर के गर्नु पर्ला भनेर नेपाल सरकारले सोचेको छैन । नेपालको खेतीपाती सन्तोषजनक नहुँदा पनि सरकारले त्यसतर्फ विशेषध्यान दिन सकेको छैन । यथास्थितिमा मुलुक छ जस्तो चलिरहेको छ – चलिरहेको छ – भगवान भरोसा । सरकारको दायित्व आम उपभोक्ता र कृषकहरुप्रति उदासिन छ । कृषकले उब्जाएको उब्जनीको तथ्यांक त्यो पनि गलत राख्न भने सरकार सफल छ ।
प्रत्येक वर्ष सरकारका तर्फबाट राष्ट्रिय धान दिवस र रोपाइ महोत्सव औपचारिक रुपमा मनाउन्छ । प्रत्येक वर्ष नयाँ नयाँ नारा दिइन्छ । कार्यान्वयन भए, नभएको समीक्षा गरिदैन । यस वर्ष ११ औं राष्ट्रिय धान दिवस खाद्यान्न आयातमा न्यूनिकरणको नारा सहित असार १५ गते मनाइयो । नेपालको कृषि क्षेत्रको अवस्था हात लाग्यो शुन्य’ नै छ । सिंचाइ, मल खाद्य, बिउ, विजन महँगो हुँदै गएको छ । यसपाली असार १५ सम्म नेपाल अधिराज्यको पहाड र तराइमा ८ प्रतिशत मात्र रोपाइ पानीको सुविधा भएको ठाउँमा भए भयो । नेपालको सम्पूर्ण धान खेतीमा असार १५ सम्म ५० प्रतिशत रोपाइ भइसक्नु पर्दथ्यो तर मनसुन वर्षा नभएका कारण हुन सकेन । असार १५/१६ सम्ममा पर्याप्त बर्षा हुन सकेन भनेर ढिलो धानको रोपाइ गरियो भने खेतीमा गरेको लगानी धेरै र उत्पादन थोरै हुन जानेछ । उत्पादन नै भएन भने खाद्यान्नको हाहाकार र किनेर खान नसक्ने गरी महंगी वृद्धि हुनेछ त्यतिखेर प्रत्येक नेपालीले अनिकाल र भोकमरीको अनुभूति गर्न पाउने छ । चुनौती आएपछि अघि बढ्ने अवसर अवश्य खोज्ने छन् । जलवायु परिवर्तनको प्रभावबाट नेपाल पनि अछुतो रहन सक्दैन । जलवायु परिवर्तनका प्रभावहरु धेरै–थोरै नेपालले व्यहोर्दै आएको छ । मनसुन वर्षा मानिसहरुको हातमा छैन, यो प्रकृतिको नियम हो, प्रकृतिको नियम, ऋतुपरिवर्तनको चक्र उल्लंघन हुन थालेको छ । प्राकृतिक विपद बढेको छ । प्रत्येक वर्ष २३ सेप्टेम्बरमा सकिने मनसुन अक्टोबरसम्म लम्बिरहेको छ । मनसनको अवधि सकिएपछि ठूलो वर्षा हुने क्रम बढेको छ । नेपालमा सामान्यतया १०५ दिन मनसुन वर्षा हुन्छ । मौसमवीदहरुले जलवायु परिवर्तनका कारण दक्षिण एसिया नै मनसुन प्रणाली पछि सर्दै गएको ठोकुवा गरेको छ । मानो खाएर मुरी उब्जाउने असारका दिनमा मनसुन वर्षा नभएको कारण पानी बग्ने कुलो, सिंचाइनहरमा कमिला हिड्न थालेपछि के होला ? धान रोपाइ गर्ने खेत बाँझै बस्दा कृषिमा आश्रीत कृषकहरुको मन कस्तो भएको होला ? मनसुन वर्षा औसत भन्दा कम भयो भने खेती राम्रो हुँदैन । पहाडमा मकै र मधेशमा धान प्रमुख बाली हो । दुवै राष्ट्रिय बालीको उत्पादनमा ह्रास आएमा अनिकाल पर्दछ । सुख्खा भएमा वाली उब्जिदैन । मनसुन वर्षा पर्याप्त पर्यो भने पानीको मुहान जमिनमा पलाउछ, जताततै प्रशस्त पानी हुन्छ । पहाडमा खहरे खोला फुट्दछ । मनसुन बर्षा सन्तुलित भएन भने प्राकृतिक विपत्ति वादी, पहिरोबाट आउन सक्दछ । कृषिमुखी बजेट, कृषिमा नया प्रविधि, कृषिको उत्पादनमा वृद्धि वर्तमान आवश्यकता हो । असारको १५ मा दही च्यूरा नेपाली किसानले हाँसेर यसपाली खाएनन् । कृषिजन्य वस्तुको आयात गर्नु पर्ने कारण आफ्नो भूमिका खेती नगरेमा वा अनिकाल, सुख्खा परेमा हुन सक्दछ ।