कृष्णउदास खनाल
वीरगन्ज,४ साउन । पत्रकारहरुका लागि जारी गरिएको आचारसंहिता पालना गरेको खण्डमा मात्रै पत्रकारहरु भौतिक रुपमा सुरक्षित रहने पर्साका अगुवा पत्रकारहरुले बताएका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले आइतबार वीरगन्ज स्थित होटल कुमु प्यालेसमा आयोजना गरेको वीरगन्जको पत्रकारिताको बिषयको छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी पत्रकारहरुले आचारसंहिता कार्यान्वनमा ध्यान दिएका हुन्। कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतल महतोले पत्रकारहरुले आचारसंहिता ध्यान नदिएकै कारण भौतिक सुरक्षाको चुनौती हुने गरेको बताउनुभयो ।उहााले आचारसंहितामा ध्यान नदिइ जथाभावी समाचार सम्प्रेषण गर्ने अनि पत्रकार महासंघलाई आफ्नो पक्षमा वकालत गर भन्ने पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघले केही गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहााले आचारसंहिता र मर्यादित पत्रकारितामा ध्यान दिएको खण्डमा निश्चय पनि पत्रकारहरुलाई आउने चुनौती कम हुने बताउनुभयो ।
यसरी नै शाखाका निबर्तमान अध्यक्ष एवम् सल्लाहकार केसी लामिछानेले ०७० साल भदौ १९ गते पर्साका कुनैपनि संचार माध्यामहरुले सार्वजनिक सरोकारका बिषय बाहेक अन्य ब्यक्तिगत लान्छना लगाउने गरी कुनै समाचार संपेषण नगर्ने सहमति भएका कारण सो सहमति कार्यान्वनमा सबैले ध्यान दिन आग्रह गर्नुभयो । उहााले पत्रकारको खोल ओढेर पत्रकारहरुको बद्नाम गर्ने अनि पत्रकारहरुलाई खेलौना बनाउन खोज्नेहरुसंग सचेत हुनुपर्ने बताउनुभयो । यसरी नै नेपाल पत्रकार महासंघ पर्सा शाखाका सल्लाहकार एवम् पूर्व अध्यक्ष अशोक तिवारीले पत्रकारिता पेशामा अपराधि र गुण्डाहरुको घुसपैठ भएका कारण श्रमजिवी र ब्यवसायिक पत्रकारहरुलाई अप्ठेरो भइरहेको र असुक्षित पनि बन्दै गइरहेको जानकारी दिनुभयो ।
शाखाका अध्यक्ष श्याम बंजराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका सभसाद्हरु महेशचन्द्र गौतम,राजु श्रेष्ठ,प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोत्तमसिंह भट्टराई,शाखाका साधारण सदस्यहरुमा किरणराज पांण्डे,श्रीराम रायमाझी,कुबेरचन्द्र गौतम,चन्द्रेश चौहान,बिनोद मानन्धर,अमित साह,अमित अग्रवाल,मायांमितु न्यौपाने र पत्रकार प्रेस सरार्फ लगायतले बोलेका थिए। शाखाका सचिव कृष्णउदास खनालको सहजिकरणमा सम्पन्न भएको कार्यक्रमको बिषयबस्तु बारे उपाध्यक्ष धुब्र साहले प्रकाश पारेका थिए भने स्वागत सहसचिव शेखर बहादुर छतकुलीले गरेका थिए । यस्तो पत्रकारहरुको बृहत भेला नेपाल पत्रकार महासंघ पर्सा शाखाले दोश्रो पटक आयोजना गरेको हो ।