कांग्रेस र एमाले संघीयता विरोधी र मधेसवादी दल अवसरवादी रहेको गुप्ताको आरोप

बीरगंज: ४ साउन,
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले नेपाली कांग्रेस र एमालेले देशमा संघीयता नल्याउन खोजेको आरोप लगाएका छन् । वीरगंजको गोपालमण्डलीमा मधेसी पत्रकार समाज पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गुप्ताले ठुलादल नेपाली कांग्रेस र एमालेले हालको लागि  संक्षिप्त संबिधान ल्याउने, भन्नुको अर्थ संघियता बिनाको संबिधान  ल्याउन खोजेको उहााको भनाइ थियो।
त्यसैगरि नयाा आर्थिक बर्षको बजेट मधेसलाई उपेक्षा गर्ने खालको भएको गुप्ताले बताए । नयाा बजेटमा पुर्वाधार बिकाशका लागि छुटाइएको २६ अर्ब मध्ये मधेशको पुर्बाधार निर्मार्णका लागि २ अर्ब मात्र छुटाइएको भन्दै मधेसलाई राज्यले जहिले पनि उपेक्षा गरेको र आउदो दिनमा मधेशको मुक्ति तराई मधेश राष्ट्रिय अभियानबाट मात्र सम्भव रहेको दाबी समेत गरे ।
मधेसी दलहरुले मधेस र मधेसीको मुदालाई वकालत नगरेको  र राज्य शक्तिमा मात्र अल्झिरहेको आरोप लगाउदै उहााले आफ्नो पार्टीले मात्र  मधेशको उत्थान गर्ने दावी गर्नुभयो । गुप्ताले आफुलाई षड्यन्त्र पूर्वक फसााएर जेल पठाएको आरोप पनि लगाउनुभयो । पत्रकार सम्मेलनमा अभियानका केन्द्रिय संयोजक एवं पुर्व सन्चारमन्त्री जय प्रकाश गुप्ता, पुर्व सभासद एवं वरिष्ठ नेता आत्माराम साह, आरडी आजाद, प्रमानन्द चौधरी, सिपु तिवारी, जफर जमाली, प्रमोद सिंह, ललित मल्लिक लगायतको अगुवा नेताहरुको उपस्थिति रहेको थियो । मधेसी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेलले सहजीकरण गरेका थिए ।


SHARE THIS

Author:

Facebook Comment