ज्वरो विरामीको संख्यामा वृद्धि

वीरगन्ज,  साउन /
पर्साको ग्रामीण भेगमा भाईरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको छ । ग्रामीणभेगका ठोरी, निर्मलवस्ती, सुवर्णपुर गाविसमा भाईरल ज्वरोको बिरामी बढेको हो । बर्षाका कारण पिउने पानी दुषित भई दुषित पानी प्रयोग गर्दा भाइरल ज्वरो हुने सुवर्णपुर स्वास्थ्य चौकी इन्चार्ज रमेशराज थिङले बताउनुभयो । सुवर्णपुर स्वास्थ्यचौकीमा दैनिक तीन दर्जन भन्दा बढी भाइरल ज्वरोका विरामीहरु आउने गरेको इन्चार्ज थिङले बताउनुभयो । त्यस्तै निर्मलवस्ती गाविसको स्वास्थ्य चौकीमा पनि दैनिक ३० जना भाइरल ज्वरोका बिरामी आउने गरेको स्वास्थ्य चौकी इन्चार्ज रामसेवक पाण्डेले बताउनुभयो । व्यक्तिगत सरसफाई, बर्षाको पानी दुषित हुनु र घरवरपर सरसफाई नहुदा भाइरल ज्वरोको संक्रमण हुने चिकित्सकहरु बताउछन् । नीर्मलवस्ती स्वास्थ्य चौकीमा २ देखि ५ बर्ष र १५ देखि ६० बर्ष सम्मका बिरामी धेरै आउने गरेको इन्चार्ज पाण्डेले जानकारी दिनुभयो । त्यसैगरी ठोरीको निजी स्वास्थ्य क्लिनिकहरुमा पनि दैनिक ३० जना भाईरल ज्वरोका बिरामी आउने गरेको ठोरी ३ सरस्वती चौकका जनसेवा स्वास्थ्य क्लिनिकका संचालक दीपेन्द्र कार्कीले बताउनुभयो । उहाँको निजी स्वास्थ्य क्लिनिकमा ठोरीसँग सीमा जोडिएको चितवनको बाँदरझुलाबाट पनि स्वास्थ्य उपचारको लागि बिरामीहरुमा पनि भाइरल ज्वरो देखिएको उहाँले बताउनुभयो । भाइरल ज्वारोबाट बच्न पानीलाई उमालेर अथवा निर्मलीकरण गरेर मात्र पिउन, आराम गन र घाममा नहिड्न चिकित्सकहरुको सुझाब छ । 

SHARE THIS

Author:

Facebook Comment