बीरगंज: २ सावन
मधेसी जनअधिकार फोरम नेपाल पर्साको विस्तारित बैठक जिल्ला अध्यक्ष प्रदिप यादवको सभापतित्वमा सम्पन्न भएको छ । उक्त बैठकमा केन्द्रबाट केन्द्रिय प्रवेक्षक टोलीमा केन्द्रिय सदस्य एवं पूर्व मन्त्रीद्धय रामचन्द्र राय र हरि नारायण यादव, केन्द्रिय सल्लाहकार एवं पूर्व सभासद बबन सिंह, मधेसी किसान फोरम नेपालका अध्यक्ष संजय सिंह, जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य वीरेन्द्र यादव लगायतका नेताहरुको विशेष उपस्थितिमा जिल्लाका संगठन मजबुत पार्न उद्देश्यले बैठक २ दिन सम्म स्थानिय सम्झना होटलमा सम्पन्न भएको थियो । सो विस्तारित बैठकबाट फोरम नेपाल पर्सा जिल्ला कार्य समिति पदीय जिम्मेवारी हेरफेर गरिएको छ ।
मधेसी जनअधिकार फोरम नेपाल पर्साको विस्तारित बैठक जिल्ला अध्यक्ष एवं युवा नेता प्रदिप यादवको सभापतित्वमा सम्पन्न बैठकबाट पर्सा जिल्ला उपाध्यक्षमा मन्जुर अन्सारी, सचिवमा नागेन्द्र यादव, सह—सचिवमा महम्मद सरिफ गद्दी, कोषाध्यक्षमा हिरालाल यादव, सदस्यहरुमा जहुर मिया, नागेन्द्र यादव, जिरजोधन महतो धानुक, धम्रेन्द्र चौधरी, श्याम यादव, अजय सर्राफ, शेख सलाम, संजय साह कानु, राजेश यादव, रुपेश यादव लगायत ३१ सदस्य जिल्ला कार्य समिति गठन गरिएको र जिल्ला सल्लाहकारमा अजय चौरसियालाई नियुक्त गरिएको छ ।
विस्तारित बैठकलाई सम्बोधन गर्दै पुर्व मन्त्री रामचन्द्र रायले जिल्ला कार्यसमितिका पदाधिकारीहरुलाई बधाई दिदै संगठन निर्माणमा लाग्न निर्देशन समेत दिएका थिए । विस्तारित बैठकमा पर्साको ५ वटै क्षेत्रको पदाधिकारी, भातृ संगठनका पदाधिकारी, सल्लाहकारहरुको सहभागिता रहेको अध्यक्ष यादवले बताए ।