वीरगंजमा केहि दिन देखि पत्रपत्रिकालाई माध्यम बनाई चरित्र हत्या गर्ने प्रयास भइरहेको छ । पत्रकारिताको आचार संहिता उल्लघन गरी समाचार सम्प्रेषण गरिरहेका छन् ।
पत्रकारले पत्रिकामा समाचार सम्प्रेषण गरेपछि पाठकवर्गले सत्य तथ्य समाचार प्रकाशित गरेको ठान्छन् ।
हाल आएर वीरगंजमा केहि पत्रिकाहरुले आफ्नो व्यक्तिगत रिसिइभीका कारण समाचार सम्प्रेषण गर्दै आइरहेका छन् । वीरगंजबाट प्रकाशित हुने आलिशान दैनिक र देशको अस्तित्वले तल्लो स्तरको भाषा प्रयोग गरी समाचार सम्प्रेषण गरिरहेका छन् । एकाबिहान देश विदेशका समाचार हुनुपर्ने स्थानमा गाली गलौज गर्ने समाचार पढ्न पाइएको छ । स्व. गोपाल गिरीले आचार संहिता वीरगंजबाट सुरु गरेको केहि पत्रकारहरुले गिरीले सुरु गरेको मार्ग हिड्नु पर्ने देखिएको छ । नत्र पर्सेली पत्रकारहरु बद्नाम हुनेछन् ।