क्षयरोग, एड्स र एचआईभी सम्बन्धि अन्तरकृया सम्पन्न


बीरगंज:
जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा र स्वास्थ्य अनुसन्धान तथा समाजिक विकास मञ्चको संयुक्त आयोजनामा एक दिने क्षयरोग, एड्स र एचआईभी सम्बन्धि जनचेतनामूलक अन्तरकृया कार्यक्रम बीरगंज बसपार्क स्थित साह पाराडाईजको सभाहलमा सम्पन्न भएको छ । अन्तरकृयाको उद्घाटन गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख अरुण महतोले अन्तरकृयामा सहभागि लक्षित क्षेत्रका व्यक्तिहरु जस्तै रिक्शा चालक, टांगा चालक, बस, ट्रक, सुमोका ड्राईभर, कारखानाका मजदुर, होटलमा काम गर्ने लगायतका व्यक्तिहरु बढि प्रभावित हुने र केही हद सम्म यस तालिममा सहभागि ५० जना महिला पुरुषले आफ्नो व्यवहारमा लागु गरे हाम्रो समाज समृद्ध हुने बताए ।
सो कार्यक्रममा जिल्ला जनस्वास्थ्यका क्षयरोग अधिकृत शम्भु यादव र स्वास्थ्य अनुसन्धान तथा समाजिक विकास मञ्चका अधिकृत जिवराज अधिकारी, आशा मिलन समुहका गंगा वाग्लेले प्रशिक्षण दिएका थिए ।


SHARE THIS

Author:

Facebook Comment