केडिया आँखा अस्पतालद्वारा १३८ जना कैदिलाई नि:शुल्क चश्मा वितरण


आर.सि.एनबाट
वीरगंज २४ गते जेष्ठ । आर.एम.केडिया आँखा अस्पताल परवानीपुर र ने
पाल नेत्र ज्योति संघ पर्साले नेपाल नेत्र ज्योति दिवशको उपलक्ष्यमा पर्सा कारगार शाखामा रहेका १३८ जना कैदीहरुलाई संघको आर्थिंक सहयोगमा आज कारागार परिसार भित्र नि : शुल्क चश्मा बितरण कार्यक्रमको आयोजना गरियो ।
सो नि:शुल्क चश्मा बितरण कार्यक्रमको प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय हुनु हुन्थ्यो ।
भने कार्यक्रमको अतिथीमा राष्ट्रिय प्रहरी अनुसन्धान कार्यालय पर्साका प्रमुख राजेन्द्र बहादुर जि.सि., जिल्ला प्रहरी कार्यालय पर्साका डि.एस.पी. श्याम महतो, बरिष्ठ समाजसेवी हिरालाल केडिया, उधोगपति बिजय सिहं सेठिया, मदन गुप्ता, भगवति चौधरी, गणेश साह, मधु राणा, जिल्ला कारागार कार्यालय पर्साका प्रमुख धिरज मरासिनी, प्र.ना.नि.बेलव राउत,केडिया आखा अस्पतालका मेडिकल डाइरेक्टर पदम राज विष्ठ ,नेत्र अधिकृत मनोज उपाध्याय र प्रशासकिय अधिकृत प्रकाश बर्मा रहनु भएको थियो ।
उक्त कार्यक्रमको सभापति नेपाल नेत्र ज्योति संघ पर्साको अध्यक्ष चिरंजिवी लाल सरावगीको सभापतित्वमा सम्पन्न भएको थियो ।




SHARE THIS

Author:

Facebook Comment