बीरगंज ९ बैशाख ।
वीरगंजमा अनियन्त्रित रुपमा चल्ने टांगाका कारण दिन प्रति दिन सवारी दुर्घटना बढेको भन्दै स्थानिय बासिन्दाले टांगा सन्चालनमा रोक लगाउन माग गरेका छन् ।
वीरगन्ज रक्सौल सडक खण्डामा चल्ने टांगाको कारण दुर्घटना बढे पछि इनर्वा घुसुकपुरकावासिन्दाले टांगा संचालनमा रोक लगाउन माग गरेका हुन् ।
वीरगंजको इनर बाईपास तथा रेल्वे लाईन सडक खण्डमा चल्ने टांगालाई स्थानिय वासिन्दाले आज विहान देखि संचालनमा रोक लगाएका छन् ।
गत शनिवार राती एउटा टागांले ठक्कर दिंदा मोटरसाईकलमा सवार वीरगंज १९ इनर्वा घुसुकपुर निवासी ओसी अहम्मद गम्भिर घाइते भएका थिए । टांगाको ठक्करबाट गम्भिर घाइते ओसीको अहिले नेशनल मेडिकल शिक्षण अस्पताल वीरगंजमा उपचार भइरहेको छ । स्थानिय वासिन्दाले फरार रहेका टांगा चालकलाई पक्राउ गरि कारवाही गर्नु पर्ने तथा पिडितलाई उपचार खर्च उपलब्ध गराउनु पर्ने माग गर्दै टांगा संचालनमा रोक लगाएको प्रहरीले जनाएको छ ।

Nepalese Rupee Exchange Rate