लामखुट्टे नियन्त्रणकालागि रोकथामकालागी नगर क्षेत्रमा औषधी छर्दै


 बीरगंज ९ बैशाख ।
वीरगंज उपमहानगरपालिकाले विगत ३ दिन देखि शुरु गरेको नगर क्षेत्रमा लामखुट्टेको प्रकोप नियन्त्रण तथा रोकथाम अभियान अन्तरगत मंगलबार सम्म १ देखि ९ वडा सम्म लामखुट्टे विरुद्धको औषधी छर्ने काम सम्पन्न गरेको छ ।
एयर स्प्रे तथा हैण्ड स्प्रेको माध्यमबाट औषधी छर्ने कार्य जारी रहेको वीरगंज उपमहानगरपालिकाका सरसफाई प्रमुख शम्भु गुप्ताले बताउनु भयो । विहान ४ देखि ६ बजे सम्म र बेलुका ६:३० बजे देखि १० बजे सम्म एयर स्प्रे गरिने तथा दिनमा १० बजे देखि ३ बजे सम्म प्रत्येक नालाहरुमा पुन: हैण्ड स्प्रे गरी लामखुट्टे विरुद्धको औषधी छर्ने अभियान संचालन भई रहेको गुप्ताले बताउनु भयो । औषधी छर्ने समयमा आ–आफ्ना घरमा रहेका खाध्य बस्तु छोपेर राख्नुको साथै घरका झ्याल ढोका खोलेर राख्न समेत नगरवासीमा बिरगंज उपमहानगरपालिकाले अनुरोध गरेको छ । त्यसैगरी पहिलो चरण अन्तरगत उपमहानगरपालिकाको १०,११ र १२ नम्बर वडामा बुधबार औषधी छर्ने कार्यक्रम रहेको गुप्ताले बताउनु भयो ।

SHARE THIS

Author:

Facebook Comment