बीरगंज ९ बैशाख ।
विवाहको लगन चलिरहेकै बेला अचानक ३ दिन देखि वीरगंजका सुनचाँ
दि पसलहरु बन्द भए पछि आम उपभोक्ताहरु मर्कामा परेका छन् ।
वीरगन्जका सुनचांदी व्यवसायीहरुले प्रहरी ज्यादतीको विरोध गर्दै लगातार ३ दिन देखि अनिश्चितकालीन रुपमा सुनचादी पसल ठप्प पारी आन्दोलनमा उत्रिए पछि उपभोक्ताहरु मर्कामा परेका हुन् । एक साता अघि ६० किलो चांदी सहित पक्राउ परेका वीरगंजका रामगढवा निवासि विनोद सर्राफ र सत्रुधन सोनारलाई अविलम्ब छाड्नु पर्ने मांग गर्दै व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । विवाहको समयमा आम सुनचाादि खरिद गर्ने उपभोक्ताहरु प्रभावित भए पछि उत्पन्न समस्या समाधानका लागि आज जिल्ला प्रशासन कार्यालय पर्सामा स्थानिय प्रहरी प्रशासन र सुनचाँदि व्यवसायी विच छलफल हुने भएको छ ।

Nepalese Rupee Exchange Rate