अस्पताल ब्यबस्थीत बनाउन आयोजित कार्यशाला गोष्ठी सम्पन्न


बीरगंज ९ बैशाख ।
नारायणी उपक्षेत्रिय अस्पताललाई समयानुकुल व्यवस्थित र चुस्त सेवा उपलब्ध गराउने उदेश्यका साथ आयोजित ३ दिने कार्यशाला गोष्ठि मंगलबार सम्पन्न भएको छ ।
तराइकै जेठो अस्पतालको रुपमा रहेको वीरगंजको नारायणी उपक्षेत्रिय अस्पताल दिनप्रतिदिन नाजुक बन्दै गए पछि त्यसलाइ व्यवस्थित गर्न स्वास्थ्य सेवा विभागले नै विशेष पहल शुरु गरेको छ । विशेष गरेर मध्यतराइका निम्न आर्थीक अवस्था भएका
जनताको उपचारको एक मात्र भरोसाको केन्द्र बनेको नारायणी उपक्षेत्रिय अस्पताल व्यवस्थित रुपमा सन्चालन नहुादा उपचारार्थ आउने विरामिहरु प्रभावित भए पछि मन्त्रालयले विरामिको चााप र अस्पतालको अवस्था सुधार गर्नका लागि गोष्ठिको आयोजना गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रामाशंकर ठाकुरले बताउनुभयो । अस्पताल सुधारका लागि आयोजित ३ दिने कार्याशाला गोष्ठिमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगि व्यवसायी, समाजसेवि, स्वास्थ्यकर्मि लगायतको सहभागिता रहेको थियो ।

SHARE THIS

Author:

Facebook Comment