आगलागीबाट बचौं बचाऔं

फागुन–चैत्र महिनामा सूर्यको तेजिलो तापका कारण गर्मी बढ्दै जान्छ । ऋतु परिवर्तनका कारण रुख विरुवाको पात सुक्ने र झर्ने गर्दछ । हावाहुरी–आँधी बेहरीको पनि महिना हो फागुन देखि बैशाखसम्म । हिउँदको महिना अति सुख्खा महिना मानिन्छ फागुन देखि वैशाखलाई । आगोले अति छिटो टिप्ने महिना हो यो । बिद्युत सर्ट, हावाले अगाोको झिल्का उडाएर, सलाइ, लाइटर बाल्दा, ग्याँस चुल्हो आदिका कारणबाट अग्नि काण्ड–हुन्छ । एक घरबाट निस्किएको आगोले गाउँनै सखाप हुन सक्दछ । विशेषगरी आगलागी मानिसको लापरवाहीकै कारण हुने गर्दछ । वनजंगलमा मानिसको लापरवाही कै कारण हुने गर्दछ । वनजंगलमा पनि यसै महिनामा आगलागी हुन्छ । आगलागी हुनु भनेको ठूलो नोक्सान हुनु हो । यसलाई बिपत्ती र दूर्घटना नै मानिन्छ । हिजो आज आगलागी बाट हुने हानी नोक्सानीका लागि क्षतिपूर्ति पाउने उद्देश्यले अग्नि बीमा गरिन्छ । ठूला साना सबै फैक्ट्रीहरुले अग्नि बीमा गरेका हुन्छन् । हिजो आज मानिसहरुले आफू बस्ने घरको समेत बीमा गर्न लागेका छन् । भनिन्छ आगो लागेपछि पानीको कुवा खोजेर केही हुँदैन । आगोलाई पानीले नै
निभाउन सक्दछ । हिजोआज छिटो आगो निभाउन दमकल र अन्य वस्तु पनि प्रयोग गरिन्छ । दूर्घटना संयोगले मात्र देख्न र सुन्न पाइन्छ । नेपालका विशेषगरी गाउँघरका अधिकांश घर फुसको छानो भएको, बढी काठ प्रयोग गरी बनाइएको, झुपडी र कच्ची घर हुन्छ । यस्ता घरहरु आगलागीको अति जोखिममा पर्दछन् । आगलागीबाट हामी आफू पनि बच्ुन पर्दछ, अरुलाई पनि बचाउनु पर्दछ । आगलागी हुनु  अगावै आगलागीबाट बच्ने उपायहरु सबैले अपनाउनु पर्दछ । बालबालिकालाई आगो पर्ने वस्तुसँग खेल्न दिनु हुँदैन । दाउरा वा ग्याँसले खाना पकाउदा निकै ठूलो ख्याल गर्नु पर्दछ । खाना पाकी सकेपछि आगो निभाउन बिर्सनु हुँदैन । आगोले टिप्ने बस्तुहरु हिफाजातसाथ राख्नु पर्दछ । गाउँघरमा गाइवस्तुको खानेकुरा पराल, खाना पकाउने दाउरा घरको नजिकै राखिएको हुन्छ । खुला जग्गा बाँकी नराखी धेरै घर–बनाइएको हुन्छ । मानिसको लापरवाही वा अन्य कारणले त्यस्ता गाउँमा आगलागी भएमा दमकल समेत उपलब्ध हुँदा पनि आगलागीबाट पूरै बस्ती क्षण भरमा ध्वस्त हुन सक्दछ भन्ने सोच्नु पर्दछ । समाजका अपराध प्रवृत्तिका मानिसले आगो लगाइ दिने गरेको पनि पाइन्छ । आगोबाट सदैव मानिसहरु डराउनु पर्दछ । आगो र बत्ती नभई पनि हुने वस्तु हुन आगो र बत्ती आग लागीका प्रमुख कारण पनि हुन् । एउटा अग्निकाण्डले क्षणभरमा नै अकल्पनीय क्षति गर्न सक्दछ । मानिसहरुको उठीवास गराउन सक्दछ । सम्पन्न मानिस आगलागीबाट सम्पूर्ण कुरा जलेर नष्ट हुँदा विपन्नमा परिणत हुन सक्दछ । आगोले कसैलाई चिन्दैन, कसैलाई माया गर्दैन । आगो निभाउने प्रयास गर्दागर्दै पूरै गाउँनै खरानीमा परिणत भएको पनि देख्न पाइन्छ । कतिपय उद्योगपति–व्यापारीले आफ्नो गोदाम पसलमा आफैले आगो लगाइ बीमाको रकम थोरै नोक्सानीमा धेरै लिंदै आएको, आगलागीबाट फाइदा उठाएको पनि सुनिन्छ । गाउँघरमा कहिं कतै आगलागी भएका तत्काल सबै जुटेर निभाउने प्रयास गर्नु पर्दछ । अग्नि पीडितलाई तत्काल सबै मिलेर राहत सहयोग गर्नु पर्दछ यो भन्दा ठूलो धर्म केही हुँदैन । तराइ–मधेशमा आगलागीको छिटपुट घटना अहिले सुनिदैछ । ठूलो अग्निकाण्ड हुन नदिन हामी सबै बेलैमा सतर्क हुनु पर्दछ । आगलागी भइसकेपछि पछुताएर केही पाइदैन । आगोबाट सुरक्षित हुने प्रयास हामी सबैले गर्नु पर्दछ । एक जातिले अर्को जाति, एक मानिसले अर्को मानिसलाई समाप्त पार्न पहिले पहिले गाउँका गाउँ, बस्तीका बस्ती जलाउने जस्तो कुकृत्य, अपराध हुने गरेको सुनिन्थ्यो । यो जघन्य अपराध हो कानून बमोजिम सजाय पनि हुन्छ । आगो लाग्नु अगाडिको दृश्य र आगोलागी सकेपछिको दृत्य भयावह देखिन्छ ।

SHARE THIS

Author:

Facebook Comment