वीरगन्ज ९ बैशाख
सुन चाँदी व्यवसायी संघ पर्साको आन्दोलन आज तेश्रो दिन पनि जारी रहेको छ । पर्सा प्रहरीले बैद्य चांदीलाई अवैध बनाई जरबजस्ती व्यापारीलाई फसाउने षडयन्त्र गरेको आरोपमा व्यवसायी संघले विगत तीनदिन देखि पर्साको सम्पूर्ण सुन चांदी पसलहरु बन्द गरी आन्दोलनमा उत्रिएका हुन । वीरगन्ज १२ निवासी विनोद कुमार सर्राफले आफनो पसलको लागि आर्दशनगर स्थित रहेको लक्ष्मी बैक लिमिटेडबाट ४० लाख मुल्य बराबरको ६० किलो चांदी खरीद गरी आफनो साला शत्रुधन साह सोनार संग पसलमा गई रहेको बेला प्रहरीले जबरजस्ती आफनो नियन्त्रणमा लिएको थियो । ना २६ प १४७१ नम्बरको मोटरसाईकलमा सवार विनोद र उनका साला सशुधन चांदी लिई आन्तरिक राजश्व कार्यालयको बाटो हुदै रानीघाटस्थित पसलमा गई रहेको अवस्थामा दुईजना प्रहरीले जबरजस्ती आफनो नियन्त्रणमा लिएको हो । व्यवसायीहरुले पर्सा जिल्लामा रहेको सम्पूर्ण व्यवसायी संग समन्वय गरी आन्दोलनको कार्यक्रमलाई अझ तिव्र रुपमा लैजाने संघका सचिव प्रवेश सर्राफले बताउनु भयो । विनोद र सत्रुधन लाई चांदी सहित रिहाईको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको ४ दिन वितिसक्दा पनि स्थानिय प्रशासनले कुनै चासो नलिएको भन्दै पर्सा जिल्लामा रहेको सम्पूर्ण व्यवसायी संग समन्वय गरी थप संघर्षको आन्दोलनमा उत्रिने तयारी गरिरहेको सचिव सर्राफले बताउनु भयो । बैध चाँदीलाई अवैध हो भनि दुईजना प्रहरीले पेस्तोल तेर्साउदै अपराधीक शैलीमा जबरजस्ती सर्राफ र सोनारलाई नजिकै रहेको एक कैरियरमा आधाघण्टा बन्दी बनाएको प्रत्यक्ष दर्शीहरुले जानकारी गराएका छन । अपराधीक शैलीमा उत्रेका प्रहरीले त्यहा उपस्थित जन मानसलाई समेत आंतकित तुल्याउदै चाँदी सहित सर्राफ र सोनारलाई जिल्ला प्रहरी कार्यालय पर्सामा लगेका थिए । पर्साका प्रहरी उपरिक्षक धिरत प्रताप सिंहले ३ गतेका दिन चाँदीलाई मुल्याङ्गको लागि सुन चाँदी व्यवसायी संघमा ल्याएकोमा चाँदीलाई मुल्याङ्ग नै नगरी पूर्वाग्रही तरिकाबाट र व्यापारीलाई अनावश्यक दुख दिने मनसायले प्रमाण सहित रहेको चाँदीलाई अवैध बनाउनको लागि घटनास्थतबाट ५ किलोमिटर नेपाल भारत सिमाको शंकराचार्य गेट अगाडीबाट नियन्त्रणमा लिएको भनि झुठो मुचुल्का बनाई कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएका छन । बार्गेनिङ्ग गरी अवैध रकम असुल्नको लागि योजना बनाएर विनोद र सशुधनलाई प्रहरीले आफनो नियन्त्रणमा लिएको व्यवसायीहरुको आरोप छ । पूर्व योजना अनुसार विनोदले लक्ष्मी बैकबाट ६० किलो चांदी ल्याई रहेको भनि जानकारी पाएपछि प्रहरी उपरिक्षक सिंहले आफनो २ जना जवानलाई सादा पोशाकमा खटाई उनीहरुलाई नियन्त्रणमा लिन लगाएको श्रोतले दावी गरेको छ । योजना अनुसार पिडित पक्ष संग प्रहरी एकजना दलालले १० लाख दिनुस चांदी सहित पक्राउ परेको मान्छेलाई छोडाई दिने माग गरेपछि पिडित पक्षले रकम दिन नमानेपछि प्रहरीले गलत मुचुल्का बनाई राजश्व अनुसन्धान कार्यालयमा बुझाएको हो । श्रोत अनुसार अवैध रकम नआएपनि चांदीलाई राजश्व कार्यालयमा बुझाएपछि कमिशनको रकम पाउने लोभमा आन्तरिक राजश्व कार्यालय आर्दशनगरबाट पक्राउ परेको चांदीलाई नेपाल भारत सिममाको शंकराचार्य गेट अगाडीबाट पक्राउ गरिएको भनि गलत मुचुल्का बनाई व्यापारीलाई फसाउने षडयन्त्र गरेको व्यवसायीहरुको आरोप छ ।
Nepalese Rupee Exchange Rate