चरेससहित चार भारतीय पक्राउ


विरगंज, ०९ वैशाख ।
ईलाका प्रहरी कार्यालय जितपुर बाराले १८ किल्लो दुई सय ग्राम अवैध लागुऔषध चरेस सहित चारजना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।
             प्रहरी नायव निरीक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा रहेको प्रहरी टोलीले जितपुर भवानीपुर गावीसको जितपुर बजारबाट आफनो शरिरमा लुकाई छिपाई भारततर्फ लैजादै गरेको अवस्थामा शरिर खानतलासी गर्ने क्रममा चरेशको पोका बनाई शरीरमा फिट गरेको १८ किलो दुई सय ग्राम अवैध लागु औषध चरेश सहित भारत विहार मोतीहारी जिल्ला पिपरा थाना कुवारपुर गाउ बस्ने वर्ष ४० को विरेन्द्र मुखीया,वर्ष ४० कै वासर मुखीया,राम अयोध्या मुखीया र वर्ष ४१ को जगरम मुखीयालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जितपुर बाराका इन्चार्ज प्रहरी नायव निरीक्षक अरुण कुमार कुशवाहाले बताउनु भयो ।
पक्राउ परेका चारैजनालाई थपआवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालयमा पठाइने प्रहरी नायव निरीक्षक कुशवाहाले बताउनु भयो ।

SHARE THIS

Author:

Facebook Comment