पत्रकार महासंघमा यूनियनबाट केसी अध्यक्ष पदको उम्मेदवार

वैशाख -८नेपाल पत्रकार महासंघको नया नेतृत्वको लागि नेपाल प्रेस युनियनले अध्यक्ष पदमा पोषण केसीलाई अगाडी सारेको छ । युनियनको सोमवार बसेको कार्य सम्पादन समितिको बैठकले केसीलाई आफ्नो तर्फबाट अध्यक्षमा उठाउने निर्णय गरेको ब. उपाध्यक्ष बद्री सिंग्देलले जानकारी दिएका छन् । केसी महासंघको पूर्व महासचिव समेत रहेका छन् ।
केसीलाई सर्वसम्मतीमै महासंघको अध्यक्ष पदका लागि उठाउने निर्णय गरिएको सिंग्देलले बताए । पत्रकारका अन्य संगठनसँग तालमेल तथा सहकार्यका लागि अन्य सबै पद खुल्ला राख्दै अध्यक्षको उम्मेदवारी मात्रै तय गरिएको यूनियनले जनाएको छ । अध्यक्ष बाहेक महासंघका अन्य सबै पदका लागि अन्य संगठनहरुसँग तालमेल हुन सक्ने यूनियनले संकेत दिएको छ।
देशभरका पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको २२ औँ महाधिवेश अगामी २० र २१ गते काठमाण्डौमा हुँदैछ। महासंघको अध्यक्षका लागि यसअघि प्रेस चौतारीले आफ्नो तर्फबाट महेन्द्र विष्टलाई उठाइसकेको छ।

SHARE THIS

Author:

Facebook Comment