आयुर्वेदबारे जानकारी
आयु भनेको जीवन हो । आयु सम्बन्धी ज्ञान दिने शास्त्रलाई आयुर्वेद भनिन्छ । आफू स्वयं स्वस्थ हुने नियम पालना गर्ने गरी आदर्श व्यक्ति बन्नु र अरुलाई पनि स्वास्थ्य सम्बन्धी शिक्षा दिनेगरी जीवन यापन गर्नु हितआयुको अर्थ हो । जसले लोक अर्थात समूदाय, राष्ट्र तथा विश्वको हित गर्दछ । स्वास्थ्यको सम्बद्र्धन र संरक्षण गर्न मद्दत गर्दछ । शरीरका सबै अंगहरु सुन्दर, स्वस्थ र सबल रहेर व्यक्तिगत, पारिवारीक, सामाजिक र मानसिक सबै पक्षहरुमा आनन्दका साथ जीवन यापन गर्नु सुख आयु हो । स्वस्थ मानिसको स्वास्थ्यको रक्षा गर्नु र रोग लागेको अवस्थामा रोगको निवारण गर्नु आयुर्वेदको उद्देश्य हो । आयुको रक्षा गर्ने उपाय भनेको शरीरलाई हित गर्ने आहार–विहार (रहनसहन), असल विचार र आचरणको सेवन गर्नु हो । समष्टिगत रुपमा भन्नु पर्दा आयुको प्रकारका साथै हितकर आयु, अहितकर आयुको वर्णन, आयुवामा वाधा पुर्याउने रोगहरुको कारण, लक्षण र चिकित्साको जुन शास्त्रमा विस्तृत रुपले विवेचना गरिएको हुन्छ त्यो आयुर्वेद शास्त्र हो ।
– आयुर्वेद चिकित्सा समूदाय (औषधालय) देखि केन्द्रिय अस्पताल सम्मको उपचारात्मक र प्रवद्र्धनात्मक सेवा दिने महत्वपूर्ण र प्राथमिकता प्राप्त सेवा मध्येको एक हो ।
– प्राकृतिक जडिबुटीजन्य श्रोतलाई अधिकारिक परिचालन गरी जनतालाई
प्रभावकारी र सुलभ चिकित्स सेवा प्रदान गर्ने राष्ट्रिय चिकित्सा पद्धती हो ।
– हित आहार, दिनचर्या, ऋतुचर्या, सदवत्त पालन (असल आचरण) को माध्यमबाट स्वास्थ्य संरक्षण र प्रवद्र्धन गर्नु आयुर्वेद चिकित्साको विशेषता हो ।
आरोग्य निर्माणका विभिन्न उपाय मध्ये नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनवन्तरी जयन्तीको दिनलाई राष्ट्रिय आरोग्य दिवसको रुपमा मान्यता दिएको छ । स्वास्थ् सेवामा हाल समुदाय तहमा आयुर्वेदिक औषधालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, अञ्चल आयुर्वेद औषधालय, क्षेत्रीय आयुर्वेदिक चिकित्सालय दाङ र केन्द्रीय स्तरमा केन्द्रीय नरदेवि अस्पताल सञ्चालन भइरहेका छन् । यी औषधालयहरुबाट दिनुपर्ने सेवाहरु
– स्थानीय जडीबुटी तथा अन्य स्रोतबाट पनि औषधि निर्माण गरी सेवा पुर्याउने ।
– आयुर्वेद औषधालयमा आएका बिरामीहरुलाई साधारण चिकित्सा, स्वास्थ्य सल्लाह प्रदान गर्ने र आवश्यक भएमा औषधालयमा वा उपयुक्त संस्थामा प्रेषण गर्ने ।
– आ–आफ्नो कार्य क्षेत्र भित्रका सरकारी एवं गैरसरकारी निकायहरुसँग समन्वय गरी स्थानीय परम्परागत स्वास्थ्य कार्यकर्ता, धामी, झाँक्री तथा सामाजिक कार्यकर्ताहरुलाई जडिबुटीहरुको उपयोग, उत्पादन, संकलन, संरक्षण र प्रवद्र्धनबारे तालिम, गोष्ठी आदि गरी ज्ञान दिलाउन आवश्यक कार्य गर्ने ।
– आ–आफ्नो कार्यक्षेत्रभित्र संक्रामक रोग फैलिएको बखत रोकथामको व्यवस्था सहयोगी भई कार्य गर्ने ।
– स्वास्थ्य सम्वद्र्धनका लागि उचित सल्लाह एवं समयअनुसार रोग लाग्न नदिने तथा रोगबाट बच्ने उपायहरुद्वारा समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने ।
– रोगी परीक्षणका साथै रोग निदान गरी रोगीहरुलाई उपचार तथा स्वास्थ्य सल्लाह दिने ।
– पञ्चकर्मसम्बन्धी सेवाहरु सञ्चालन गर्ने ।
– अस्पताल फार्मेसीद्वारा गुणस्तरयुक्त औषधि पर्याप्त मात्रामा निर्माणमा जोड दिई वितरण गर्ने ।
प्राकृतिक चिकित्सा प्रणाली
प्राकृतिक चिकित्सा केवल चिकित्सा प्रणाली नभै रहनसहन तथा आहार बिहारको स्वभाविक ढंग र त्यस ढंगलाई सिकाउने विधि पनि हो । यसले के, कहिले कसरी, कति र किन खाने भन्ने बारे सिकाउँदछ साथै सुत्ने आनिवानी, पसिना, परिश्रमको महत्व र त्यसका फाइदा बारे र जिवनपयोगी क्रियाकलापबारे सिकाउँदछ । यो आकाश, वायु, अग्नी, जल तथा माटो यी प्राकृतिक पंच तत्वमा आधारित छ ।
प्राकृतिक चिकित्सा प्रणालीका आधारभुत सिद्धान्त :
क) सबै रोगका एउटै कारण र उपचार पनि एउटै हो ।
ख) रोगको कारण किटाणु होइन ।
ग) तिब्र रोग शत्रु होइन मित्र हुन ।
घ) प्रकृति स्वयं चिकित्सक हो ।
ङ) उपचार रोगको होइन रोगीको सम्पूर्ण शरीरको हो ।
च) रोग निदानको विशेष आवश्यकता पर्दैन ।
छ) जिर्ण रोगका रोगीलाई आरोग्य लाभमा समय लाग्न सक्छ ।
ज) प्राकृतिक चिकित्साबाट दबेको रोग निस्कन्छ ।
झ) मन, शरीर तथा आत्मा तिनैको उपचार सँगसँगै हुन्छ ।
ञ) प्राकृतिक उपचारमा रोगीलाई उत्तेजक औषधी दिने प्रश्नै हुँदैन ।
यीनै सिद्धान्तको आधारमा प्राकृतिक चिकित्सा प्रणाली आधारीत छ तर आजका दिनहरुमा तिब्र गतिमा मानिसहरु लामो उपचार प्रणाली भन्दा छोटो छरितो तरिकाले स्वास्थ्य सेवा लिन चाहन्छन् । त्यसैले यसको महत्व कम भएको हो ।
योग
धार्मिक विश्वास अनुसार भगवान शिवद्वारा अनुसारण गरिएको पद्धति योग शब्दको सामान्य अर्थ सम्बन्ध हो । तर महर्षि पतञ्जलीको सिद्धान्तअनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु हो । महर्षिका अनुसार योगधितवृत्तिनिरोध अर्थात् योगले चित्तवृत्तिको निरोध गर्दछ । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पत्ति र विलय भइरहेको हुन्छ । योगले मानिसमा आफूभित्र रहेका रोगलाई निरोध गर्न सक्छ । योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रह्म, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग । केही विद्वान ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् संक्षेपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परमात्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । श्रीमदभागवतगीतामा मुख्य तीन प्रकारका योगलाई मानिसको जीवनमा उतारिएका पाइन्छ ।
कर्मयोग, ज्ञानयोग र भक्तियोग
योगको ८४ आसन भगवान भवबन्धनबाट बचाउनु भनिएको पाइन्छ । यसरी नै भक्तियोगको विषयमा गीता भन्छ कि यदि कोही व्यक्ति भगवानको सान्निध्य चाहन्छ भने उसले भगवानको भक्ति गर्नुपर्दछ । यदि कोही योगीमध्ये जसले आफ्नो अन्तकारणमा निरन्तर भगवानको चिन्तन गर्दछन् उही योगी परमसिद्ध भनिन्छन् ।
पतंजलीका अनुसार अष्टांग योग (‘‘आठ–अंगित योग’’ वा आठ अंग) निम्न बमोजिम छन् ।
– यम (पांच ‘‘परिहार’’) : अहिंसा, सत्य बोली झुठ नबोल्नु), गैर लोभ, गैर विषयसक्ति र गैर स्वामिगत
– नियम (पांच ‘‘धार्मिक क्रिया’’) पवित्रता, संतुष्टि, तपस्या, अध्ययन र भगवान को आत्मसमर्पण
– आसन : अर्थ ‘‘बस्ने आसन’’ र पतन्जलि सूत्र मा ध्यान को मतलब स्थिर स्थिति
– प्राणायाम (‘‘सांस को स्थगित गर्नु’’) : प्राण, सांस, ‘‘आयाम’’, को नियंत्रित गर्नु जीवन शक्ति को नियंत्रण गर्ने
– प्रत्याहार (‘‘अमूर्त’’) वाह्य वस्तुद्वारा भावना अंगको प्रत्याहार
– धारण (‘‘एकाग्रत’’) : एक चित्त
– ध्यान : गहन चिंतन
यी विविध आसनहरु
अनुलम विलोम, भ्रामरी, कपालभाँती आदि बिभिन्न आसन छन् । उक्त योगविज्ञानले मानिसको स्वास्थ्य प्रबन्धनमा जोड दिएको छ । जसले गर्दा विभिन्न सर्ने र नसर्ने रोगबाट बच्न मद्दत गर्दछ ।
नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र
टेकु, काठमाण्डौ

Nepalese Rupee Exchange Rate