– सुदर्शनराज पाण्डे
छिमेकी राष्ट्र भारतको रक्सौल सीमासँग जोडिएको पुरानो औद्योगिक एवं व्यापारिक नगर वीरगंजको मानिस म चैत्रको दोश्रो हप्ता पर्यटकीय नगर पोखरामा काम विशेषले पुगे । अव्यवस्थित र फोहर वीरगंज बस पार्क बाट पोखरा प्रस्थानका लागि यात्रुलाई भरपर्दो सेवा र सुविधा दूर्घटना न्यूनिकरण गर्ने हाम्रो प्रतिबद्धता भन्ने रात्री बस चढे । बसमा बस्नासाथ पोखरावासी बसका यात्रुहरुले कस्तो थोत्रो, पुरानो बस रहेछ, अन्यत्र रुटबाट पोखरा चल्ने बसहरु त निकै राम्रा छन भने । मैले सुनिराखे । एक छिन पछि वि.सं. २०२९ सालमा स्थापित पृथ्वी राजमार्ग बस संचालक समिति मार्फत संचालित वीरगंज–पोखरा रात्री बसका बारेमा सम्बन्धित मानिससँग जिज्ञासा राख्दा सिण्डिकेट प्रणाली अन्तर्गत संचालित भएको, वीरगंज–पोखरा रुटका लागि ५० वटा बस दर्ता भएका एक दिनमा ३–५ वटा बस चल्ने पालो कुर्दा महिनाको २ ट्रिप भागमा पर्ने अनि कसरी नयाँ
बस हुन्छ र चल्छ भन्ने जवाफ पाइयो । रात्री बसको छतमा तरकारी लोड गरिएको थियो । छतमा तरकारी लोड गर्दा ट्राफिक प्रहरीले बसलाई रोक्दैन भनि प्रश्न गर्दा बसका ड्राइभरले लगेज भने प्रत्येक ट्राफिक पैसा दिएर समझदारी गरिएको छ ट्राफिक प्रहरीले रोक्दैन भन्ने जवाफ दिए । राती ७ बजे चढेको बस भोली पल्ट विहान ५ बजे पृथ्वी चोक नजिकको बसपार्कमा पुगेर रोकियो । जता हेर्यो उतै फोहरै फोहर, कालो प्लाष्टिक, जथाभावी दिशा पिसाव देखेको वीरगंजका मानिसलाई सुन्दर, शान्त, सफा पोखरा पुग्दा रमाइलो नलाग्ने, मनमोहक नहुने त कुरै भएन । स्वच्छ हरा भरा वीरगंज भन्ने नारा वीरगंज नगरपालिका कार्यालयले पनि दिएको छ । तर वीरगंज कति सफा र स्वच्छ र हराभरा छ भन्ने कुरा अन्धोले बाहेक बाँकी सबैले ‘नारा अनुसारको वातावरण एक रत्ति पनि नभएको कुरा भोगी रहेकै छन् ।’’ प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदायुक्त पर्यटकीय नगरीको निर्माण गरौं भन्ने जस्तो नारा उस्तै काम पोखरा नगरपालिकाको छ । पोखरामा सुरक्षाको दृष्टिकोणले पर्यटकीय प्रहरीको व्यवस्था गरिएको छ । राजधानी शहर काठमाण्डौ पछि टैक्सी गुड्ने शहर पोखरा मात्र हो । प्रत्येक वर्ष झण्डै ५ लाख भारत, चीन, जापान, अमेरिका, बेलायत लगायत विश्व भरिकै पर्यटक पोखरा पुग्ने गर्दछन् । पोखरा क्षेत्र प्राकृतिक मनोरम उत्कृष्ट गन्तव्य हो । व्राह्म्ण, गुरुङ, मगर, क्षेत्री, नेवार, तामाङ, सन्यासी जातिहरुको बसोबास क्षेत्र पोखराका मानिसहरुको बोली र व्यवहारमा सभ्यता पनि छ । पोखराको वातावरण प्रकृति को उपहार हो । पोखरामा खतरायुक्त प्रदूषण छैन । फोहर मैला व्यवस्थापन छ । ढल निकासको उचित प्रबन्ध छ । वीरगंजमा ढल निकासको उचित प्रबन्ध र फोहरमैला व्यवस्थापन, कालो प्लास्टिक झोलाको अति प्रयोग फोहर मैला व्यवस्थापनका सम्बन्धमा आम वीरगंजवासीमा चेतनाको निकै अभाव र वीरगंज उपमहानगरपालिकाको नारा दिने काम नगर्ने’ गैर जिम्मेवारीले वीरगंज नगर दिन पर दिन प्रदूषित बन्दै गएको छ । वीरगंज आइपुग्ने जो कोही बिदेशी पर्यटकले वीरगंज नगरलाई असभ्य मानिसहरुको बसोबास नै ठहर्याउँछ । आर्थिक राजधानी भनेर मात्र हुँदैन । पूर्वाधार र वातावरण तर्फ कसैको ध्यान पुगेको छैन । वीरगंज नगरलाई यथास्थितिबाट उभो लाग्न धेरै समय लाग्छ किनभने दिगो विकास र व्यवस्थित विकासका लागि वीरगंजमा खाका समेत कोरिएको छैन । राजनीति इच्छा शक्ति र सार्वजनिक प्रतिबद्धता प्रदूषण युक्त नगर बन्न सक्दैन । पोखरावासीमा नगरको सौन्दर्यता प्रति चिन्ता र चासो र सो अनुसारको नीति, कार्यक्रम र योजना निरन्तर छ । ११ औं फेवा नव वर्ष महोत्सव २०७१ मनाइरहेको पोखरामा बिभिन्न किसिमका महोत्सव सधैं जसो भइरहन्छ । युरोपको कुनै शहरको झझल्को दिने अवस्थामा पुगेको पोखरालाई नेपालको युरोप भने पुग्छ । सारा संसारमा पाइने सुविधा पोखरामा छ । बेलायत र भारतीय आर्मीमा काम गर्ने नेपाली लाहुरेहरुको बसोबास रहेको पोखरा क्षेत्रमा स्थानीय साधन र स्रोत ढुँगाबाट निर्मित अति आधुनिक मोडेलका आकर्षित घरहरु छन् । सडक चौडा छ । नगरभित्र विकास बैंकका साइन बोर्ड नै साइन बोर्ड छ । बजारमा चहल पहल र व्यापार बढ्दो छ । बजारमा चहल पहल र व्यापार बढ्दो छ । पोखराबासी परिश्रमी जनताको आयश्रोत पनि राम्रो छ । गरिब र गरिबी पोखरामा नभएको त होइन तर रोजगारको अवसर त्यहाँ छ । विश्वकै फैशन पोखरामा दैख्न पाइन्छ । प्रकृतिको बरदान फेवा ताल लगायत सात तालको वाटिका लेखनाथ नगरपालिका वरपरको वातावरण अवलोकन गर्दा खुशी नभई फर्कने मानिस पाइदैन ।
काठमाण्डौ र वीरगंजमा जस्तो घरको छत हिल टप हिल टेक कम्पनीद्वारा उत्पादित कालो प्लाष्टिकको खानेपानी टयाँकीबाट पूरै कालो देखिने अवस्था पोखरामा छैन । कालो प्लास्टिकको पानी टैंकीको ठाउँमा स्थानीय उत्पादन मेटलको पानी टैंकी घरको छतमा जडान भएको पाइन्छ । काठमाण्डौ र वीरगंजको बजार भाउ हेरी पोखरामा सेवा र वस्तुको बजार मुल्य निकै महँगो छ । पोखरा खाद्यान्न, तरकारी फलफूलमा आत्मनिर्भर छैन । सबै कुरामा पर निर्भर छ । भारतीय कामदार, भारतीय पसलेको पोखरामा पनि कमि छैन । तराइ मधेशको वीरगंजमा भारतीय महावाणिज्य दूतावासले जे जस्तो प्रभाव पारीरहेको छ त्यस्तै भारतीय दूतावास, पेन्सन क्याम्पले पनि पोखरा क्षेत्रमा बिभिन्न गतिविधी गरी प्रभाव बढाइरहेको पाइन्छ । सायद नेपाल–भारत विशेष सम्बन्धको पहिचान होला विद्युत लोडसेडिङ छ । फेवा ताल, वेगनास ताल, रुपा ताल, मैदी प्राकृतिक तालमा वैज्ञानिक तरिकाले माछा पालन गर्ने हो भने पोखरामा मात्र होइन सिंगो नेपालमा माछाले बजार पाउने छ त्यसतर्फ सम्बन्धित निकायको त्यति ध्यान गएको छैन । पोखराका तालहरुलाई जलकुम्भीबाट कसरी जोगाउने भन्ने चुनौती देखापरेको छ । पोखरामा पनि औद्योगिक क्षेत्र छ । धुलो र धुवाँले बन्ने तुवाँलोले चाँदी जस्तो दिनरात टल्कने हिमालको दृश्य देख्न नसकिने भएको छ । हिमालयको दृश्य फेवा तालको पानीको छायामा देखिन्छ । यातायातको सुविधा पुगेको अति मनमोहक दृश्य देखिने पोखरा जाऔं मन रमाऔं । यस संसारमा मरेर जानु सिवाय लैजानु केही छैन ।

Nepalese Rupee Exchange Rate