वीरगंज,
९ माघः। पर्साको सुर्जाहा गाविसबाट प्रहरीले ठूलो परिमाणमा काठ बरामद गरेको छ । दुईवटा ट्याक्टरमा लोड गरेर सीमापारी भारततर्फ लैजाँदै गरिएको अवस्थामा कट्टी सुर्जाहा बेस क्याम्पका प्रहरी नायब निरिक्षक परमानन्द यादवको नेतृत्वमा रहेको
टोलीले नियन्त्रणमा लिएको हो । दुईवटा ट्याक्टरमध्ये ना ३ त २३५२ नम्बरको ट्याक्टरमा २५ थान गोलिया काठ र ना १ त ४२८९ नम्बरको ट्याक्टरमा दश क्वीन्टलभन्दा बढी परिमाणमा अवैध काठ लोड गरेर भारततर्फ लैजान लागिएको आशंकाका आधारमा प्रहरीले काठसहित ट्याक्टर नियन्त्रणमा लिएको हो । सोनवर्षा बैरियाबाट ट्याक्टरमा लोड गरिएको काठ र दाउरा वीरगन्जका लागी लैजानका लागी जिल्ला वन कार्यालयले स्वीकृति दिएपनि वीरगन्जतर्फ ल्याउनुको साटो नेपाल भारत सीमामा रहेको पर्साको पश्चिमी क्षेत्रको सुर्जाहा गाविस हुँदै धोरेतर्फ लैजाँदै गरिएको अवस्थामा बुधबार राती काठ बरामद गरिएको हो । जिल्ला वन कार्यालय पर्साले ६ गते जारी गरेको छुट पूर्जीमा तीनवटा ट्याक्टरमा ३९ घनफिट काठ र दाउरा ढुवानीका लागी इजाजत दिएको भएपनि दुईवटा ट्याक्टरमात्र फेला परेको प्रहरीले जानकारी दिएको छ । दाउरा लोड गरिएको ट्याक्टरमा समेत दाउरामुनी दुईवटा साल काठको दुईवटा गोलिया लुकाएर राखिएको छ । बरामद गरिएको काठसहित ट्याक्टर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सुर्जाहा कट्टी बेसले जानकारी दिएको छ ।

Nepalese Rupee Exchange Rate