जबरजस्तीकरणी मुद्दाका अभियुक्त थुनामा

वीरगन्ज, ९ माघ : पर्साको बागेश्वरी तित्रौना गाविसमा एक १४ वर्षिया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोग लागेका बागेश्वरी तित्रौना गाविस ५ निवासी लक्ष्मी महरा चमारलाई पुर्पक्षका लागी कारागार पठाइएको छ ।

जिल्ला अदालत पर्साको आदेश अनुसार बिहीबार उनलाई पुर्पक्षका लागी थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बागेश्वरी तित्रौना गाविस वडा नम्बर ५ निवासी १४ वर्षिया बालिकालाई गत पुस १२ गते जबरजस्तीकरणी गरेर फरार रहेका महरालाई प्रहरले पक्राउ गरेर अनुसन्धानपछि बिहीबार अदालतसमक्ष पेश गरेको हो ।

SHARE THIS

Author:

Facebook Comment