माइती नेपालबाट चारजना यूवती फरार

वीरगंज, ९ माघ : माइती नेपालको वीरगन्ज छपकैयाँस्थित आवधिक गृहबाट चारजना यूवती फरार भएका छन् । भारततर्फ जाँदै गरेको र जोखिममा रहेका ती यूवतीलाई उद्धार गरेर आवधीक गृहमा संरक्षण दिएर राखिएकोमा बिहीबार बिहान साढे पाँच बजे कार्यालयको भान्छाको पश्चिमतर्फको ढोकाको ताल्चा खोलेर पर्खालबाट हाम्फालेर फरार भएका हुन् । फरार रहेकामध्ये दुईजना पर्साको बहुअर्वा भाठा गाविसका बिगा महत्तोको आर्केष्ट्रामा कार्यरत थिए भने बाँकी दुईजना यूवती दुई महिनादेखि माइती नेपालमै संरक्षण लिएर बसेका थिए । फरार यूवतीहरु रिता चौधरी, सन्जु तामाङ, पूजा मगर, पायल स्याङबोको खोजतलाशका लागी प्रयास गरेपनि अझैसम्म सफलता मिल्न सकेको छैन ।

SHARE THIS

Author:

Facebook Comment