बाबुका हत्यारा जेलमा ,तीन सन्तानको जीवन आँशुको भेलमा

तनहुँ ११ माघ । तनहुँको उत्तरी भेगमा पर्ने तनहुँसुर गाविस वडा नं ९ राम्चेका बाबुको हत्या भएपछि  तीन सन्तानको जीवन आँशुको भेलमा परिणत भएको छ।

बाबु भिमबहादुर थापाको सोही गाउँका दुई युवाले साँढे दुई बर्ष अगाडि हत्या गरिदिएपछि थापाका तीन सन्तान १० बर्षिय रोशन थापा, ८ बर्षिय पुष्पा थापा र ६ बर्षिय विनोद थापाको जीवन आँशुको भेलमा परिणत भएको हो। थापाको हत्यामा संलग्न दुई युवा भने अहिले कारागारमा सजाय भोग्दैछन्।

बाबुको हत्या पछि आमाको न्यायो माया पाउने आशा थापाका तीन सन्तानले गरेका थिए।तर ६ महिना बित्न नपाउँदै आमा ज्ञानुमाया थापा दोस्रो विवाह गरेर गएपछि उनीहरुको त्यो आशा पनि त्यतिकै निराशामा परिणत हुन पुगेको छ। बाबुआमा बिहिन तीन बालबालिकाका  ९० बर्षिय जिजु बाजे खडे थापा ,६० बर्षिय बाजे रामबहादुर थापा र बजै छन्।तर  जिजु बाजे र बाजे समेत छोरी र बहिनीको आश्रय लिएर बसिराखेको छन् भने गाउँमा निबेक गरेर आफ्नै ढंगले जिवन धान्दै आईरहेकी छन्।

बाबुआमा बिहिन तीन बालबालिकालाई अहिले उनीहरुका फूपू बजै तिलकुमारी थापा सगै बस्दै आईरहेका छन्। यि तिन बालबालिकाको भविष्य देखेर आफूलाई निकै चिन्ता हुन थालेको तिलकुमारी बताउँछिन्। उमेर नेटो काट्दै छ कुन दिन मरिने हो यिनिहरुको भविष्य के हुने हो गहभरि आँशु पार्दे तिलकुमारीले भनिन्।
 कसलै लगरे पढाई दिए ठूलो उपकार हुने थियो तिलकुमारी
भनिन्। बाबुआमा बिहिन तीन बालिका मध्ये सबैभन्दा जेठा रोशन कक्षामा पढ्छन्।उनीमा पढ्न समेत निकै अब्बल छन्।स्थानीय अमर सिं माध्यमिक विद्यालयमा कक्षामा ५ पढ्दै गरेका रोशन कक्षा एकमा  द्धितिय , कक्षा २ र ३ मा प्रथम र कक्षा ४ मा तृतीय भएका छन्। पुष्पा र विनोद भने पढाईमा मध्यम रहेका छन्।

बाबुआमा बिहिन रोशन आफू र भाई बहिनीको जिवन कसैले उद्धार गरिदिएमा उनीहरु आफूहरुको साक्षत भगवान हुने बताउँछन्। आशा छ हामीलाई हेर्ने भगवान अवश्य आउने छन् ।
श्रोतःसेतोपाटी

SHARE THIS

Author:

Facebook Comment