बधुवा नहुन र संसद अबरुद्ध नगर्न नयाँ सभासद्लाई आग्रह

पोखरा ११ माघ ।
 नागरिक समाजका अगुवा कृष्ण पहाडीले नबनिर्बाचन सभासद्लाई कसैको बधुवाई नहुन आग्रह गरेका छन् । दासताबाट मुक्त भएर मानबअधिकार मैत्री संबिधान निर्माणमा लाग्न उनले आग्रह गरे ।
 मानबअधिकार तथा शान्ति समाजले आज पोखरामा गरेको नयाँ संबिधानः मानबअधिकारसम्वत संबिधान बिषयक गोष्ठीमा पहाडीले अर्काको दासताबाट नउम्के सम्म नेपाली
जनताले चाहेको संबिधान नबन्ने बताए । अब संसद अबरुद्ध पार्ने काम कुनैपनि हालतमा गर्न
नहुने र संबिधान जारी नभएसम्म कुनैपनि पार्टी फुट्न नहुने पहाडीले बताए ।
 सरकार वा संसदमा प्रतिनिधित्व गरेको पार्टी फुटेमा त्यसको अबसर संबिधान निर्माणमा पर्ने उनको ठहर छ । त्यस्तै नेकपा –माओबादी सहित असन्तुष्ट दलहरुलाई हिंसामा जानबाट रोक्नुपर्ने उनले बताएका छन् । संबिधानसभामा सहभागि दलहरुले बाहिर रहेका अन्य दलहरुलाई समेत समेट्न सक्नुपर्ने उनले जोड दिए ।
 असन्तुष्ट दलहरुको मागलाई यहि संबिधानसभाले सम्बोधन गर्न सक्नुपर्ने पहाडीले बताए । असन्तुष्ट दलहरु पनि मानबताबिरोधी कार्यमा नलागी जनचाहना अनुसार चल्नुपर्ने उनको सुझाब छ । राजनितिक दलहरुले जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
 द्धन्द पिडितलाई राहात नदिएसम्म शान्ति प्रक्रिया नटुङ्गिने उनले बताएका छन् । नयाँ बन्ने संबिधानमा मानबताबिरोधी प्राबधान राखेर शान्ति प्रक्रिया पुरा नहुने भएकाले नागरिक समाजले प्रस्ताबना र मौलिक हाकको बिषयमा हस्तक्षेप गर्ने उनले बताए ।  तोकिएको समयमा मानबअधिकार मैत्री संबिधान निर्माणको लागि नागरिक दवाब आबश्यक रहेको भन्दै उनले नागरिक सभा गठनको आबश्यकता औल्याएका छन् ।

SHARE THIS

Author:

Facebook Comment