क्राइमचेक प्रतिनिधि।
वीरगंज।मुलुकको प्रमुख आर्थिक केन्द्र वीरगंज नगर क्षेत्रमा भन्दा बढी पर्साको ग्रामीण क्षेत्रमा एचआइभी सङक्रमितहरु बढी भएको तथ्याङक फेला परेको छ ।
एचआईभी एड्सको संक्रमण बढ्नुको कारण अवैध लागुऔषधको फष्टाउँदो व्यापार, बैदेशिक रोजगार र वेश्यावृति प्रमुख कारकको रुपमा रहेको छ ।
जिल्ला एड्स समन्वय समिति, पर्साका संयोजक श्वेता सरितले गत वर्षको तथ्याङक अनुसार पर्सा जिल्लामा देखापरेका ४६ जना एचआइभी सङक्रमितमध्ये वीरगंज शहरका ५ जना र बाँकी ४१ जना ग्रामीण क्षेत्रका रहेको बताउनुभयो । उहाँले रोजगारीकालागि विदेशिने संख्या ग्रामीण क्षेत्रमा बढी भएकोले संक्रमितहरु ग्रामीण क्षेत्रमा बढिहुनेगरेको बताउनुभयो । खासगरी लागुऔषध सेवनकर्ता, यौन व्यवसायी र रोजगारीका लागि विदेशिने परिवारमा एचआइभीको सङ्क्रमण देखा पर्ने गरेको छ । पर्सा जिल्लामा गत आर्थिक वर्षमा ४६ जनासमेत गरी हालसम्म ३५२ जना एचआइभी संक्रमित देखिएकामा २ सय जना पुरुष र १ सय ५२ जना महिला रहेको संयोजक सरितले बताउनुभयो ।
पुरुष महिलाकै सङख्यामा २७ जना बालबालिका रहेका छन् । संक्रमितमध्ये १५ जना पुरुष र ९ जना महिला गरी २४ जनाको मृत्यु भइसकेको छ । जिल्ला एड्स समन्वय समितिले २०६२ सालदेखि स्वेच्छिक रगत परीक्षण स्थापना पश्चात् तयार गरेको तथ्याङक अनुसार पर्सा जिल्लामा एचआइभी संक्रमितहरुको यो अवस्था देखिएको हो । अहिलेसम्म एचआइभी परीक्षण र परामर्श केन्द्र मोबाइल स्याटेलाइट क्लिनिकमार्फत् १, नारायणी उपक्षेत्रीय अस्पतालमा १ र विजामको पानीटङकी कार्यालय र नाउक्षे अस्पतालमा गरी ४ वटा केन्द्रमार्फत् संक्रमितहरुको परीक्षण कार्य भइरहेको छ ।
यी केन्द्रहरुबाट संक्रमित देखिएकालाई १५ दिनसम्म चिकित्सकको निगरानीमा उपचार गर्दा खान, बस्न, परीक्षण, औषधि सम्पूर्ण निःशुल्क गरिएको छ ।
जिल्ला एड्स समन्वय समिति, पर्साले हालसम्म सक्रिय रुपमा एचअआईभी एड्सको क्षेत्रमा विजाम, सानो पाइला, सहयात्री समाज, युथ भिजन, हाउसो, दलित महिला सङघ, आशा मिलन केन्द्र लगायत संस्थाहरु कार्यरत रहेको जानकारी गराएको छ ।
(प्रकाशित मितिः२०७० कार्तिक ०७ गते बिहीवार)