रा ला स्या, नागाला स्या, मुइला स्या जे जे को भए पनि स्या अर्थात रा ला स्या भनेको खसी बाखाको सिकार, मुइला स्या भनेको राँगा भैसीको सिकार अनि नागाला स्या भनेको कुखुरोको
सिकार भनेर औतारी भाषा भन्छ । औतारी भनेको चैं हाम्रो सुर्यमान दोंग कामरेडहरुको
जातलाई भन्छ किनभने नेपालमा तामांग जातिको मूल थलो भनेको तिमाल हो जुन काभ्रे
जिल्लामा पर्दछ । दोंग कामरेड पनि काभ्रेली औतारी हुन् ।
बाहुनलाई बाजे, क्षेत्रीलाई काजी, नेवारलाई साहुबा भने जस्तै तामांगलाई औतारी भन्छ । औतारी (तामांग) हरु बुद्ध धर्म मान्छन् । भगवान बुद्ध प्राणि हिंसा मन पराउनु हुन्न । बुद्ध बचनमा छर्लङ्ग लेख्या छ “सबै प्राणीलाई दया गर, जीव हत्या नगर” । बुद्ध धर्म मान्ने भए पछी माछा, मासु खाने कुरा भएन । माछा मासु खानलाई ती प्राणीको हत्या गर्नै पर्छ । हत्या भनेको मार्ने हो तर मार्ने तरिका चैं फरकफरक हुन्छ । कसैले रेट्छन भने कसैले छप्क्याउछन् । रेटे पनि छप्क्याये पनि त्यो पशु नामको प्राणिको गर्धनबाट पानी त पक्कै पनि बग्दैन होला । बग्ने त रगति नै हो ।
अब कुरोको चुरो चैं के भने औतारीज्यूहरु तपाइको भाखा मासुलाई “स्या” भन्छ । तपाईहरु “स्या” खानु हुन्छ कि खानु हुन्न ? खानु हुन्न भने तपाईहरुले गरेको बिरोध १००५ ठिक छ तर खानु हुन्छ भने किन र के को आधारमा पशु बलिको बिरोध गर्नु हुन्छ ?
ब्राम्हण बाहेकका नेवार, तामांग, गुरुङ, राइ, मगर, लिम्बु आदि १०० भन्दा पनि माथिका जातले जाड रक्सी माछा–मासु खादैनन् भनेर कसैले पत्याउँछ ? अझ अहिले त बाहुन भनिने बाजेहरु समेतलाई ऐलासँग छोइला नभई हुन्न भने दशैंको पशु बलि बिरोधमा कुतर्क गरेर आफै बेवकुफ बन्ने काम कसैले पनि नगरौ । कसैको पनि धार्मिक आस्थामा चोट पु¥याउने अधिकार कसैलाई पनि छैन ।
प्रकाशित मिति २०७० असोज २४ गते बिहीवार