संसारमा नेपालजस्तो प्राकृतिक सुन्दरता र जैविक विविधताको दृष्टिकोणले कमै होलान् । शासनसत्ताबाट उपेक्षित देश र जनता नेपालमा जस्तो संसारमै नहोला । शासनसत्ता अपारदर्शित र भ्रष्टाचारको भूमरीमा फसेर अपाड्ड भएको छ । कुनै व्यवस्था नभएको, कुनै ठोस नीति कार्यक्रम, योजना नभएको देश नेपाल नै हो । माल भएर चाल नपापएको देश नेपाल नै हो । नेपाली हामी अन्र्राष्ट्रिय दिवस मनाउनु खप्पिस छौं तर अन्र्राष्ट्रिय दिवसको महत्व उपादेयता जान्दैनौं । अनि लाटाले केरा खायो बोक्रो समेत चपायो हुन्छ कि हुँदैन ? नेपालको राजनीतिक अभ्यास परीक्षण, अनुसन्धान र अग्नि परीक्षामा नै चलिरहेको छ । नेपालको राजनीतिक आग्रह–पूर्वाग्रह तुच्छ स्वार्थ, षडयन्त्र र घृणित खेल विभेद विदेशी हस्तक्षेपबाट मुक्त हुन खोजेको छैन । नेपालमा जति भाषण, नारा, आश्वासन विश्वमा कहिं कतै पाइँदैन होला । देशलाई सधैं गरी अविकसित राष्ट्र घोषित गरेर विदेशी अनुदानमा भ्रष्टाचार गर्न पल्किएका आलोपालो गरी शासन प्रशासन चलाईरहेका व्यक्तिहरूका कारण नेपाल अव्यवस्थित राष्ट्र बन्दै गएको छ । नेपाल भारतको औपनिवेश बनिसकेको छ । देशभक्तिको मिलनविन्दुमा राजनीतिक दलहरूका कारण नेपाली जनताहरू एक हुन पाएका छैनन् । नेपाल–भारतबीच खुल्ला सीमानाका कारण योजनावद्ध विकास र व्यवस्थित
विकास गर्न पनि नेपालमा निकै कठिनाई देखिएको छ । भारतको प्रधानमन्त्री, विदेशमन्त्रीका अगाडी आफ्नो प्रोटोकल भुलेर पनि भेट्न जाने, दास बन्ने प्रवृत्तिका नेपालका दलहरूका नेताहरुका कारण नेपाल र नेपालीले नानाथरिका पीडा र सास्ती सहँदै आउनुपरेको छ ।
असुरक्षित वैदेशिक रोजगार वा स्थानान्तरणका कारणले मानिसहरू बेचविखन तथा ओसार पसार अनि जोखिममा परिरहेका छन् । किशोरी तथा बालबालिका ईच्छा अनिच्छा दुबैका कारण वेश्यालयमा जान विवश छन् । कृषि प्रधान देश नेपालमा ६ महिनालाई पुग्ने अन्न उत्पादन छैन । विश्वको दोश्रो जलविद्युतको धनि देशमा घण्टौं दैनिक विद्युत लोडसेडिङ छ । एक दशकसम्म यस्तै अवस्था रहिरहने हो कि भन्ने शंका गर्ने ठाउँ छ । भारतीय विस्तारवादको चंगुलमा परेको नाम मात्रको स्वतन्त्र राष्ट्र नेपालका नेपालीहरूको स्वाभिमान र राष्ट्रिय स्वाधिनता खतरमा परेको छ । तर नेपालका अधिकांश भारतपरस्त नेताहरू साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भनेझैं नेपाल स्वतन्त्र र मुक्त राष्ट्र रहिरहेको ठान्दछन् ।
नेपालमा न आर्थिक नीति छ, न राजनीतिक । नेपालमा पूर्पुरोमा हात राखेर बस्नुपर्ने नेपालीको दुर्भाग्यको दिन मात्र छ । नेपालीको कुनै पनि क्षेत्रमा उत्साहवद्र्धक, उल्लेखनीय, सह्रानीय कार्य भएका छैनन् । नेपाली जनताहरू यथास्थितिबाट उम्कनसक्ने अवस्थामा छैनन् । सरकारले जनताको न्युनतम आधारभूत आवश्यकता परिपूर्ति गर्न खोजेको छैन । सरकारी बजेट प्रत्येक वर्ष अनुत्पादन लगानीका क्षेत्रमा खर्च भइरहेका छन् । सरकारी तथ्याड्ढ सबै गलत छन् । अदालतमा घुसखोरी हुन्छ भने त्यहाँको न्याय सम्पादनको अवस्था कस्तो होला ? जोकोहीले अनुमान लगाउन सक्दछ । कृषि क्षेत्रमा सिचाईं छ, मल छैन । मल छ, बिउ छैन । मल, बिउ, सिचाईं छ, खेती गर्ने मानिस छैन’ को अवस्था छ ।
‘लथालिंग देशको भताभुड्ड चाला, जस–जसले सक्ला उसैले खाला’ को अवस्था छ । कुनै अवस्था नै नभएको अव्यवस्थित देश नेपालमा अव्यवस्थित जीवन नेपालीहरूले बिताइरहेका छन् । यस्तो दुर्गति नेपालीहरूले अझ भोगिनै रह्नुपर्ने बाध्यता परिस्थिति देखा पर्दैछ । कुरा गर्यो कुरा कै भकारी भनेझैं नेपालमा काम थोरै कुरा बढी हुने गर्दछ । राजनीतिमा अपराधिकरण, अपराधमा राजनीतिकरण छ । नेपालको राष्ट्रिय नीति छैन । नेपालमा भारतीय स्वार्थ अनुकुलको नीति चलिरहेको छ । गरिबी निवारण कोष छ । कार्यक्रम छ तर अधिकांश नेपाली भूमिहिन, सिमान्त र गरीब किसान छन् । गरीबका चक्रमा पिल्सिएर रहेका किसानहरू मध्ये अधिकांश पाहाड र तराईका दलित र पिछडिएका समुदायमा परेका छन् ।
मुलुकको बिडम्बना के छ भने कुनै पनि नेता एक पटक उच्च पदमा पुगेपछि तल ओर्लनै चाहँदैनन् । मैले जे गर्छु जसो गरेको छु, राम्रो गरेको छु । मैले चाहें भने जेपनि हुन सक्दछ भन्ने नेपालका काम, क्रोध, लोभ, मोह र अहंकारले ढाकेका नेताहरूका कारण नेपालीहरूले खराब नियति लगातार भोग्नुपरिरहेको छ । नेपालका नेताहरूको झगडा कुकुर र बिरालोको झगडाजस्तो छ । नेताहरू घास खानको गाह्रोले मानिस भएकाले उनीहरू प्रवृत्ति नरपशुजस्तो छ । राम्रो के नराम्रो के ? ठीक के बेठिक के ? छुट्याउन सक्ने क्षमता पछिल्लो पटकको जनयुद्धबाट स्थापित नेताहरूमा समेत देखिएन । सस्तो प्रचारमा सबै लागेका छन् । जिम्मेवारीबोध कसैमा छैन । अव्यवस्थित देश नेपालमा अनेकैं कारण, अनेकौं प्रभाव छन् । अब त चुनौती, बढि अवसर नगन्य छ । नेता भनेका फटाहा, बेइमान मात्र हुन्छन्, आफ्नो स्वार्थकालागि राष्ट्र र जनतालाई समेत उधारोमा बिक्री गर्न पछि पर्दैनन् भन्ने लाग्दछ । केही क्षणिक लोकप्रिय नेता देखिएका तर असल र आदरणीय देशभक्त नेता एउटै अहिलेसम्म देखिएको छैन । नेपाल र नेपालीले गौरब गर्ने सबै कुरा हराउँदै गइरहेका छन् । नेपाल र नेपालीको अस्तितव मेटाउने काममा नेताहरू स्वयं लागेका छन् । स्वनामधन्य नामधारी ट्रेडमार्कयुक्त नेताहरू नेपालको राजनीतिक मैदानमा देखापरेसम्म नेपाल र नेपालीको भाग्य र भविष्यको कुनै सुनिश्चितता छैन । वुद्धि बेचेर जिबिका चलाउने वुद्धिजीवी र वेश्यावृत्तिबाट जिविका चलाउने, वेश्यामा कुनै अन्तर छैन । नेपालका भ्रष्ट नेता, दलाल, वुद्धिजीवी नेपालीलाई अव्यवस्थित र अविकसित देशको कोटीमा पुर्याउने कारक तत्व हुन् । नेपालमा अग्रगानमी संविधान बन्न नसक्ने ६ वर्षपछि पुर्नागमनको अवस्थामा देश पुगेको छ । संविधानसभाबाट संविधान बन्नुपर्दछ भन्नेहरू संविधानसभा बाहेकको विकल्पबाट पनि संविधान निर्माण हुन सक्ने वकालत गर्न थालेका छन् । नेताहरूको बोलीको कुनै अडान छैन । नेपालका अधिकांश नेता भनेका अवसरवादी हुन् । दक्षिनपन्थी अवसरवाद र राष्ट्रघाती नेताहरूका कारण नेपालको व्यवस्थामा अध्यावस्था कायम भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा अब अव्यवस्था कायम भएको छ । यो व्यवस्था संविधानसभाबाट गर्भधारणहुने अवस्थामा छैन । स्थापित नेताहरूले राजनीति अवस्थाको अपरिहार्यताको अपव्याख्या गर्दैछन् । २०६३ को ऐतिहासिक जनआन्दोलन र १० वर्षे सशस्त्र जनयुद्धको उद्देश्य र लक्ष्यलाई तिलाञ्जली दिएर सत्तामा हालीमुहाली भएका दलहरूले देशमा अव्यवस्था र अराजकता कायम गर्न खोजेका छन् । नेपाल र नेपालीको भाग्य र भविष्यको सुनिश्चितता र नयाँ नेपाल निर्माण फगत धोखा हो । राजनीति सौदेबाजहरूको भय र भ्रममा पुन: नेपाली जनताहरू परेका छन् । अव्यवस्था र अवसरबादबाट नेपाललाई मुक्त गराउने अब हुने क्रान्तिले पनि सक्दैन ।
(लेखक पर्साको वीरगंजबाट प्रकाशित हुने क्राइम चेकका सम्पादक हुन् ।)