आइएलओ १६९ कार्यान्वयमा प्राथमिकता दिने रेग्मीको आश्वासन्

जुली गुरुङ
काठमाडौ २५ साउन । आदिवासी जनजातिको हक अधिकार सम्बन्धी उल्लेख गरिएको आईएलओ १६९ को कार्यान्वयनमा आफुले प्राथमिकताका साथ काम गर्ने अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले आश्वासन् दिनुभएको छ । ‘आईएलओ १६९ को कार्यान्वयनका विषयमा विभिन्न कानुन्हरु संशोधन गरी प्राथमिकता साथ काम गर्ने विश्वास दिलाउन चाहन्छु ।’ रेग्मीले भन्नुभयो ।

१९ औं विश्व आदिवासी दिवसमा प्रमुख अतिथी रहनु भएका अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले लोकतन्त्रको आबश्यकता महसुस गरेर नै सबै भाषाभाषी, जातजातिले बोल्ने अधिकार पाएको उल्लेख गर्नुभयो । समानता र न्यायिक सिद्धान्तमा चलेमात्र राज्य
समृद्ध हुने वहाँको भनाई थियो । दिवसमा उपस्थित आम जनमासलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले राजनीतिक स्थायित्वका लागि राजनीतिक र सामाजिक रुपमा सबैले एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

आदिवासी जनजातिको मागलाई राज्यले सम्बोधन गर्नुपर्ने नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताउनुभयो । अध्यक्ष कुमालले आदिवासी जनजातिको अभियान, पूर्णसमानुपातिक, समावेशी प्रतिनिधित्व र पहिचानसहितको संघीयताको लागि नयाँ संविधानसभाको निवार्चन भन्ने नारालाई सार्थक पार्नुपर्ने माग अघि सार्नुभयो ।

नेपाली आदिवासी जनजाति महासंघ तथा विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा मनाइएको दिवसमा उपत्यकामा बसोबास गर्ने विभिन्न आदिवासी समुदायका सामुदायिक संगठनहरुले साँस्कृतिक झाँकी, जातिय विविधता झल्कने भेषभुषामा सजिएर राजधानीको शान्तिवाटीकाबाट ¥याली शुरु गरेका थिए । ¥याली बागबजार, पुतलीसडक, पुरानो बसपार्क हुँदै खुलामञ्चमा प्रवेश गरेको थियो । उनीहरुले पहिचानमा आधारित संघीय व्यवस्था, समानुपातिक निर्वाचन प्रणाली, संविधानसभाको निर्वाचन लगायतका मागहरु राखेका छन् ।

संयुक्त राष्ट्रसंघले घोषणा गरेको आदिवासी दिवस अगष्ट ९ का दिन मनाउने गरिन्छ । यही सेरोफेरोमा नेपाली आदिवासी जनजातिहरुले पनि साता व्यापी कार्यक्रमका साथ यो दिवस मनाएको हो । विश्वभर रहेको करिव ३७ करोड आदिवासीहरुले यसै दिवसमार्फत आ–आफ्ना सरकारहरुलाई अन्तराष्ट्रिय सन्धीहरुलाई सम्मान र कार्यान्वयन गर्न माग गरिरहेका छन् । 

SHARE THIS

Author:

Facebook Comment