समीक्षा समाचारदाता/
वीरगंज/वीरगंजबाट प्रकाशित हुने क्राइम चेक साप्ताहिक पत्रिकामा प्रकाशित समाचारको विषयमा सम्पादक मिश्रलाई फोन गरी तथानाम गाली गर्ने र न्यायमाग्न जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार श्रीराम रायमाझीलाई गोली हान्ने तथा लागुऔषधमा फसाइदिने धम्की दिने प्रनानि विजय यादवलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीले नारायणी अञ्चल कार्यालय वीरगंजलाई पत्राचार गरेको जानकारीमा आएको छ ।
सम्पादक मिश्रलाई फोन गरी दिएको धम्कीका कल रेकर्ड सिडिको प्रतिलिपीसहित नारायणी अञ्चल प्रहरी कार्यालय वीरगंजमा पठाइएको सो निर्देशनको बोधार्थ मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडालाई पनि कल रेकर्डको सिडीसहित पठाइएको प्रमुख जिल्ला अधिकारीलाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघका पर्सा शाखा अध्यक्ष केसी लामिछानेले आइतवार स्थानीय होटल मकालुमा बताए ।
यता नारायणी अञ्चल प्रहरी कार्यालय वीरगंजका प्रमुख सर्वेन्द्र खनाल भने प्रनानि विजय यादवलाई कुनै पनि हालतमा कारवाही हुन नदिने अडानमा रहेको श्रोतले दाबी गरेको छ ।
“वरिष्ठ प्रहरी उपरीक्षक खनालकै निर्देशनमा सई यादवले आफ्ना गतिविधि गरिरहेको हुँदा निज यादवलाई कारवाही गर्दा यादवले वरीष्ठ प्रहरी उपरीक्षक खनालको स
मेत भण्डाफोर गर्न सक्ने डरले कारवाहीको आँट एसएसपी खनालले गर्न सकिरहेको अवस्था छैन” श्रोतले बताए ।
यसरी आफ्नो बचाउ गर्न प्रजिअको आदेशलाई अटेरी गरी कारवाही प्रकृया अगाडी बढाउन नचाहने एस.एस.पी. खनाल शान्ति सुरक्षा काय गर्न आएका हुन् वा अशान्ति मच्चाउन ? प्रष्टिंदै गएको छ ।