राकेश साह
१७ असार, वीरगंज/
जोखिमपूर्ण यात्रा गर्न बाध्य प्रसौनी बिर्ता र यस भेगका लाखौ जनताहरु आफनो ज्यानलाई दाउमा राखेर यात्रा गर्दा पनि स्थानिय निकाए र सरोकारवाला कानमा तेल हालेर बसेका छन्।
भनिन्छ रोगा लाग्नु भन्दा अगाडि उपचार गर्नु बुदिमानी हुन्छ।तर यो भनाई सवै क्षेत्रमा लागु भएको देखिदैन। बीरगंज प्रसौनी बिर्ता सडक खण्ड अन्तर्गत प्रसौनी बिर्ता गाँउ लाई जोडने श्रीसिया खोलामा अवस्थित रामराज पुलको मुख्य बाटो बिगत ६ बर्ष देखि पहिरोले गर्दा जिर्ण अवस्थामा पुगिसकेको छ तर पनि स्थानिय निकाय र सरोकारवाला ले कुनै चासो देखाएका छैन।
उत्त पुलबाट दैनिक हजारौ मानिस र सयौ गाडीहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेका छन तैपनि स्थानिय निकाय र सरोकारवाला को त्यसतर्फ आखाँ पुग्न सकेको छैन।
त्यस बाटोको नाममा कयौपटक रकम निकाशा भएतापनि त्यो सबै कागजमा नै सिमित हुने स्थानिय बासिन्दाहरु गुनासो पोख्छन। पटक पटक यस क्षेत्रका स्थानिय राजनितिक दलका नेताहरु लाई आग्रह गर्दा पनि केहि प्रगति नभएको र पहिला पनि कति पटक स्थानिय संचार माध्यमबाट समाचार सम्प्रेशन गर्दा पनि स्थानिय निकाय मौन बसेको स्थानिय प्रहलाद प्रसाद गुप्ताको गुनासो रहेको छ। जिल्ला बिकास समितिका कार्यालय प्रमुख संग भेटन खोज्दा भेट नभएको अन्य सगं बुझदा चासो नदिएको स्थानियहरुको गुनासो रहेको छ। साथै यस बारे गा.बि.स. प्रसौनी बिर्ताका सचिव सगं बुझदा अहिले आफू संग रकम न रहेको र त्यसबारे आफु बिचार गर्ने भन्दै पन्छिनुभयो। असार महिनादेखि सुरु भएको मनसुनले गर्दा उक्त पुलको बाटो झन बिग्रिएकाले स्थानिय बासीन्दाहरु चिन्ति देखिन्छ।
हाल सम्म उक्त ठाउँमा कुनै ठुलो दुर्घटना नभएकोले त्यसतर्फ ध्यान नदिएको
हुन सक्ने र नेपालमा ठुलो दुर्घटना भएर संचार माध्यमहरुमा खबर आए मात्र ध्यान दिने चलन रहेको छ। के हरेक विकाशको लागी ध्यान केन्द्रित गर्न कुनै ठुलो दुर्घटना नै हुनुपर्छ? के यस्तो सानो बिकाश गर्न पनि जनताले बलिदानी दिनै पर्छ? यी र यस्ता कयौ प्रश्नको जवाफ कोसगं माग्ने जनताको कर बाट चल्ने यी निकाएहरु कहिले जनताको लागी काम गर्छन?
त्यसैले ठुलो दुर्घटना हुनु अवावै त्यस बाटोलाई मर्मत गर्नु आजको आवश्यकता रहेको छ। नत्र भविष्यमा त्यस बाटोको कारण कसैको ज्यान गएमा वा कुनै अपरिहार्य दुर्घटना भएमा त्यसको सम्पुर्ण जिम्मेवारी स्थानिय निकाए र सरोकारवाला ले लिनु पर्छ नत्र आकालमा ज्यान गुमाउने ती निद्रोष जनताको रगत र आशुँले सवैलाई पोल्छ ।
जोखिमपूर्ण यात्रा गर्न बाध्य प्रसौनी बिर्ता र यस भेगका लाखौ जनताहरु आफनो ज्यानलाई दाउमा राखेर यात्रा गर्दा पनि स्थानिय निकाए र सरोकारवाला कानमा तेल हालेर बसेका छन्।
फोटो/राकेश |