बाढीपीडित र प्रहरीबीच झडप–घाइते

बर्दिया, असार १७ । बर्दिया, राजापुरका बाढी पीडितहरु र प्रहरीवीच आज झडप भएको छ । कर्णालीको बाढीबाट पीडित बनेकाहरुलाई सरकारले वेवास्ता गरेको भन्दै ईलाका प्रशासन कार्यालय राजापुरमा तालावन्दी गर्न गएका पीडित र प्रहरीबीच झडप भएको हो ।
भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा आधा दर्जन बाढी पीडितहरु घाईते भएका छन् । 

आफूहरुले ८ बुँदे मागसहितको ज्ञापनपत्र ईलाका प्रहरी कार्यलय राजापुर मार्फत सरकारलाई बुझाएपनि मागको सम्बोधन नभएको भन्दै पीडितहरु आक्रोशित बनेका हुन् । 

उनीहरुले दौलतपुर गाविसमा तटबन्धन गर्नुपर्ने, भत्किएका बाटो र कुलो मर्मत गर्नुपर्ने, प्रत्येक परिवारलाई ६ महिनासम्मका लागि गाँसबास र कपासको ब्यवस्था हुनुपर्ने, धानको बिउ निशुल्क उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन् ।

SHARE THIS

Author:

Facebook Comment