पोखरा, असार १६ । नेकपा–माओवादीको केन्द्रीय समितिको पोखरामा जारी बैठकमा चुनाव बहिष्कार गर्नेसम्बन्धि प्रस्तावमा छलफल भैरहेको छ । बैठकमा अध्यक्ष मोहन बैद्यले चुनाव विथोल्ने रणनीतिसहितको प्रस्ताव हिजो पेश गरेका हुन् । बैठकमा पूर्ण र बैकल्पिक गरी १ सय ५१ केन्द्रीय सदस्य र ५२ सल्लाहकार सहभागी छन् ।
बैठकले निर्वाचनमा सामेल हुने वा बहिष्कार गरी सशस्त्र गतिविधिमा जाने वा नजाने जस्ता विषयमा आधिकारिक निर्णय गर्नेछ । कम्युनिष्ट पार्टीहरु नेकपा एकीकृत, मातृका यादवको माओवादी र मणि थापाको क्रान्तिकारी पार्टीसँगको एकीकरणबारे पनि बैठकले टुंगो लगाउने बताइएको छ ।