वीरगंज/भारतिय नागरिकले नेपालमा नक्कली नेपाली नागरिक बनेर नेपाल सरकारको प्रशासनलाई झुक्याएई स्थानिय बसोबासको नक्कली स – प्रमाणका कागजातहरु तैयार गरेर जन्मको आधारमा नेपाली नागकिता जिल्ला प्रशासन कार्यालय पर्साबाट सफलता पुर्वक हात पार्न सफल भएको समाचार खुलासा भएको छ ।
भारत बिहार पुर्वी चम्पारण अरेराज गा.बि.स. पिपरा बस्ने रामेश्वर प्रसादका छोरा बर्ष ४१ का अमेन्द्र प्रसादले नेपालको पर्सा जिल्ला वीरगंज उपमहानगरपालिका वडा नं.१३ मा जन्म भएको भनी जन्म एवम स्थानिय बसोबासको नक्कली स – प्रमाणका कागजातहरु तैयार गरेर नेपाली नागरिक बनेर मिति २०६३ साल चैत्र ११ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मको आधारमा अमरेन्द्र कुमार कलवारको नामबाट नेपाली नागरिकता सफलता पुर्वक हात पार्न सफल भएका थिए ।
सो कुराको बीरगंजमा एका – एक चर्चामा आए पश्चात उक्त भारतिय नागरिक अमरेन्द्र कुमार कलवारमाथी कार्यवाही गर्न स्थानिय भद्रभलादमी तथा स्थानिबासीहरुले २०६६ सालमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष लिखित रुपमा नै उजुरी गरेका थिए ।
उक्त उजुरीलाई पर्साका प्रमुख जिल्ला अधिकारीले सुनुवाई गर्दै कार्यवाहीका लागी गृह मन्त्रालयमा च.नं. १००८ मिति २०६९।०४। १५ को पत्र साथ सिफारिस गरेको थियो ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्साको पत्रसाथ सिफरिस भै आएको अमरेन्द्र कुमार कलवारको नेपाली नागकिता रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने भन्ने बिषयमा कारवाहीको लागी पेश हुदा निजले मिति २०६३।१२।११मा जन्मको आधारमा पर्सा कार्यालयबाट प्राप्त गरेको नं. ३४१०२२।४८ को नेपाली नागरिकता ऐन २०६३ को दफाको १४ (१) बमेजिम रद्ध गरी निज अमरेन्द्र कुमार कलवारलाई नेपाली नागरिकबाट हटाउने गरी नेपाल सरकार (मा. गृह मन्त्री स्तर) बाट मिति २०७०।२।१६ मा निर्णय भएकाले सो सम्बन्धि सक्कल फयल सहित मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सामा आवश्यक कारवाहीको लागी मिति २०७०।२।२७ गते पत्रचार गरेको थियो ।
सोही बमोजिम पर्साका प्रमुख जिल्ला अधिकारीले आफनो काम कारवाहीलाई तदारुकताका साथ अगाडी बढाएकै क्रममा अर्को तिर बाट भारतिय नागरिक कलवारले केही स्थानिय राजनीतिक दलका नेताहरुलाई मोटो रकमको नजराना दिई नागरिकता बचाउनको लागी दौडधुपमा लागी परेको समाचार सुन्नमा आएको छ ।