रेडियो तराई पाँचौ वार्षिक उत्सव मनाउँदै

वीरगञ्ज,
महिला बाल बालिका तथा समाज कल्याण सँघ नेपाल द्धारा सँचालित सामुदायिक एफ एम रेडियो तराई १०७ मेगाहर्जले विभिन्न कार्यक्रमहरु गरी आफ्नो पाँचौ वर्षिक उत्सव मनाउने क्रममा आज सामाजिक रुपान्तरणका लागि सामुदायिक रेडियोको भुमिका विषयक अन्तरकृया तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रेडियोका अध्यक्ष अजय यादवको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार
बजिमयको प्रमुख आतिथ्यतामा रेडियोको आफ्नै प्राङ्गणमा सम्पन्न अन्तरकृया कार्यक्रममा रेडियोका कार्यकारी निर्देशक मुकेश सिँह, वीरगञ्ज पब्लिक काँलेजका कार्यकारी निर्देशक डा.दिपक शाक्य, सिद्धार्थ इन्टरनेशनल कँलेजका विश्वम्भर शर्मा, जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी नायब उपरिक्षक बसुदेव खतिवडा, ट्राफिक प्रहरी कार्यालय पर्सा का अर्जुन राणा, नेपाल पत्रकार महासँघ पर्साका निवर्तमान् सभापति अशोक तिवारी, पत्रकार महासँघ पर्साका सचिव युवराज खड्का, नेपाल रेडक्रस सोसाएइटी पर्साका सभापति फुलमहम्मद मियाँ, आशाराम अस्पतालका सँस्थापक डा. अशोक दास लगायतकाले सामाजिक रुपान्तरणका लागि सामुदायिक रेडियोको भुमिकाका विषयमा आ आफ्ना प्रस्तुति हरु राख्नु भएको थियो ।भने कार्यक्रम पश्चात कार्यक्रममा उपस्थित सम्पुर्ण सहभागिहरुलाइ दहि, चिउरा ख्वाइ एक आपसमा माया सद्भाव साटासाट गरि विहान ११ बजे देखि दिउँसो २ बजे सम्म रेडियोको आफ्नै प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ३ जना महिला सहित १८ जनाले रक्तदान गर्नु भएको छ ।
विक्रम सम्बत २०६५ सालबाट आफ्नो प्रशारण प्रारम्भ गरेको यस रेडियोले विभिन्न बाधा अवरोध तथा कठिनाई हरुका साथ साथै विभिन्न अवसरहरुलाइ समेत आत्मसात गर्दै सफल्ता पुर्वक पाँचौ वर्ष पुरा गरेको छ । सामुदायिक सुचना नेटवर्क, नेपाल एफ एम नेटवर्क, नेपाल बाणी नेटवर्क, बि.बि.सि. लगायतका नेटवर्कहरुमा आबद्ध यस रेडियोले विभिन्न सामाजिक विकृति तथा विसँगति हरुलाई स्थानिय समाजबाट निर्मुल पार्नमा विभिन्न चेतनामुलक कार्यक्रम , सुचना तथा समाचारका माध्यमले रेडियो तराईले सराहनिय भुमिका निर्वाह गरेको रेडियो तराईका अध्यक्ष अजय यादवले बताउनुभयो ।

SHARE THIS

Author:

Facebook Comment