काठमाडौं, १० असार शिक्षकहरूले राजनीतिक अधिकारबाट आफूहरूलाई प्रतिबन्ध लगाउन नपाइने बताएका छन्। आइतबार अन्तरक्रिया कार्यक्रममा उनीहरूले विद्यार्थीको नतिजा कमी आएको भनेर आफूहरूको अधिकार खोसिन नहुने बताए। अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले नतिजा कमजोर देखाएर शिक्षकलाई राजनीतिक प्रतिबन्ध लगाउन नपाइने बताए।
अन्तरिम संविधानले नै ट्रेड युनियनको अधिकार आफूहरूले पाएको भन्दै राजनीति गर्न पाउनुपर्ने बताए।‘हामीलाई संविधानले नै अधिकार दिएको छ। यसमा अंकुश लगाउन पाइँदैन,’ उनले भने, ‘हाम्रो कारणले शिक्षाको गुणस्तर खस्केको देखाएर राजनीति गर्नबाट प्रतिबन्ध लगाइएको छ। शिक्षा मन्त्रालयले शिक्षक पढाउनेभन्दा राजनीतितिर बढी केन्द्रित देखिएको भन्दै प्रतिबन्ध लगाएको छ। मन्त्रालयले जिल्ला शिक्षा अधिकारीको स्वीकृतबिना कुनै पनि कार्यक्रममा जानसमेत रोक लगाएको छ। अखिल नेपाल शिक्षक संघका अध्यक्ष गुणराज लोहनीले आफूहरू रहरले नभई शिक्षा सुधारका लागि राजनीति गरिरहेको बताए। यही सुधारका निम्ति आफूहरूका माग पूरा गरिन्छ भने शिक्षकहरूले राजनीति नगर्ने जानकारी गराए।
‘हामी कुनै पार्टीको झन्डा बोकेर हिँडेका छैनौँ । हाम्रा माग पूरा गरे हामी राजनीति गर्दैनौँ,’ उनले भने। नेपाल शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशीले मन्त्रालयको आचारसंहिता पालना गर्न तयार रहेको भन्दै तर शिक्षकलाई राजनीतिमा बन्देज लगाउनु नहुने बताए। अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रत्न वलीले शिक्षकका कारण नभएर पुरानो शिक्षा नीतिकै कारण नतिजा खस्केको बताए।
‘शिक्षकलाई दोष देखाएर राजनीतिमा प्रतिबन्ध लगाउन पाइँदैन,’ उनले भने, ‘शिक्षा प्रणाली सुधार गर्नुपर्यो अनि नतिजामा सुधार आउँछ। शिक्षकलाई दोष देखाएर राजनीति गर्नबाट रोक्न पाइँदैन।’ शिक्षा मन्त्रालयका सहप्रवक्ता रोजनाथ पाण्डेले शिक्षककै कारण नजितामा कमी आएकाले राजनीतिबाट शिक्षक टाढा रहनुपर्ने बताए। ‘राजनीति गर्ने शिक्षक पढाउन पाउँदैन। राजनीति नै गर्ने हो भने पढाउन छाडे हुन्छ,’ उनले भने, ‘दुई डुंगामा खुट्टा राखेर नदी तर्न सकिँदैन भनेजस्तै अब शिक्षकले राजनीति वा शिक्षक पेसा एक रोज्नुपर्छ।’