२९ लाख नक्कली भारतीय नोटसहित तीन पक्राउ

वीरगन्ज,१० असार : भारत लैजान लागिएको २९ लाख रुपैयाँभन्दा बढी नक्कली भारतीय नोटसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
 प्रहरीले २९ लाख ६५ हजार रुपैयाँसहित प्रहरीले पर्साको भेडियारी गाविस घर भई हाल वीरगन्ज वडा नम्बर १६ तेजारथ टोल बस्दै आएका मिथिलेश तिवारी, वीरगन्ज वडा नम्बर १५ निवासी रंजीत झा
र भिस्वा निवासी रामेश्वर सहनी गोठीलाई पक्राउ गरेको हो ।
काठमाण्डौंबाट डिएचएल कुरियरमार्फत् ल्याइएको पियानो र शिशु सुताउने ओछ्याभित्र लुकाइएको पाँच सय र एक हजार भारु दरका नक्कली नोट बरामद भएको प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।  प्रहरी उपरिक्षक अधिकारीले पक्राउ परेकाहरुको बयानका आधारमा नक्कली नोटको कारोबारमा संलग्न गिरोहबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
 काठमाण्डौंबाट डिएचएल कुरियरको पार्सलमा नक्कली नोट लुकाएर वीरगन्ज पठाउने तयारी भएको जानकारी पाएपछि प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको टोली नक्कली नोटका कारोबारीलाई पक्राउ गर्न सकृय भएको थियो ।

SHARE THIS

Author:

Facebook Comment