नेपाल भारत सीमवार्ती जिल्ला समन्वय समितिको बैठक सम्पन्न, अपराधीक गतिविधि लगायत सीमकार्ड दुरुपयोग रोक्न दुबै पक्षको आन्तरिक सहमति

नेपाल भारत सीमवार्ती जिल्ला समन्वय समितिको बैठक आज वीरगन्जमा सम्पन्न भएको छ । वीरगन्जको होटल मकालुमा सम्पन्न बैठकले विभिन्न १४ ओटा बुँदा माथि छलफल गरेको छ । बैठकमा  सीमावर्ती अपराध तथा आतंकवादी गतिविधी ,नक्कली भारतीय रुपियाको कारोबार , हातहतियारको तस्करी तथा लागु औषधको ओसार पसार , सीमा स्तम्भहरुको अवस्था तथा दशगजा क्षेत्रमा भएको अतिक्रमण , मानव बेचबिखन र मानव अंग बेचबिखन तथा ओसार पसारको नियन्त्रण गर्ने ,अपराधिक गतिविधीमा टेलिफोनीक सुचना आदान प्रदान गर्ने र सीमकार्डको दुरुपयोग रोक्ने , सीमावर्ती खोलानालाबाट बालुवा गिटटीको उत्खनन् नियन्त्रण गर्ने र आपसी हितका विषयहरुमा सुरक्षा , सहयोग र सुचना आदान प्रदान गर्ने विषयमा दुवै देशका अधिकारीहरु बिच छलफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले जानकारी दिनु भयो । बैठकमा सहभागी दुवै देशका अधिकारीहरुले सीमावर्ती क्षेत्रमा दुवै देशका जनताले भोग्दै आएका समस्याहरुको तत्काल निराकरण गर्ने प्रतिबद्धता जनाएका छन । यसैगरि   सीमवार्ती जिल्ला समन्वय समितिको बैठक नियमति रुपमा बस्ने सहमति पनि भएको पर्साका प्रमुख जिल्ला अधिकारी बजिमयले जानकारी दिनु भयो ।   बैठकमा नेपाली टोलीको नेतृत्व पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजियमले गर्नु भएको थियो भने भारतीय टोलीको नेतृत्व पूर्वी चम्पारण जिल्लाका प्रशासनीक प्रमुख बिजय कुमारले गर्नु भएको थियो । बैठकमा नेपालको तर्फबाट पर्सा , बारा,रौतहट चितवन र नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी,सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरु ,नापी बिभागका निर्देशक ,  बन कार्यालयका प्रमुखहरुको समेत सहभागिता रहेको  थियो । त्यस्तै भारतको तर्फबाट  बिहारको पूर्वी र पश्चिमी चम्पारण जिल्लाका प्रशासनीक र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।

SHARE THIS

Author:

Facebook Comment