संसारमा कोही पनि सधैं शक्तिशाली र प्रभावशाली रहन सक्दैन । परिवर्नन संसारको नियम हो । समय चक्रले कोही बेला कसैलाई केही बेला कसैलाई शक्तिशाली र प्रभावशाली बनाएको हुन्छ । हिजको ब्रिटिस साम्राज्यवादको पतनलाई राम्रोसँग अध्ययन गर्यो भने शक्ति परिवर्तनको नियमलाई राम्रोसँग बुझ्न सकिन्छ । हरेक वस्तु, पदार्थ गतिशील र परिवर्तनशील हुन्छ । ठोस परिस्थितिमा, ठोस विश्लेषण गर्न सकिएन भने यथार्थताको धरातललाई बुझ्न सक्ने कुरै भएन । हिजो आज अमेरिकी
साम्राज्यवादी शक्तिमा पनि परिवर्तन आएको छ । आर्थिक र भौतिक विकासका रुपमा परिवर्तन आएको छ । आर्थिक र भौतिक विकासका रुपमा चीनले अमेरिकालाई उछिन्न थालिसकेको छ । विश्वशक्तिको केन्द्र विन्दु अमेरिका होइन, चीन बन्दैछ । चीनको उत्पादनले विश्व बाजार ओगटेको छ । ठूला–ठूला प्राकृतिक विपत्तिको सामना गर्ने क्षमता
चीनसँग देखा परेको छ । चीनले शक्ति संचय गरेको छ भने अमेरिकाले शक्तिको दुरुपयोग गर्दै आएको छ । अमेरिकासँग कुतर्क छ भने चीनसँग व्यवहारिक ज्ञान र सत्य छ । दक्षिण एशियाको मात्र नभएर विश्वकै शक्ति चीन बन्दैछ । चीनसँग लक्ष्य, उद्देश्य, योजनावद्ध विकास छ । चिनीयाँ जनता अनुशासित र संगठित छन् । जस्तोसुकै विश्व चुनौति र चीनमाथि आइलाग्ने खतरा रोक्न चिनियाँ जनता र चिनीयाँ कम्युनिष्ट पार्टी सक्षम देखा परेको छ ।
दक्षिण एशियामा भारतले कायम राखेको दादागिरीलाई ठीक ढंगले तह लगाउन सक्ने क्षमता चीनसँग मात्र छ । भारत र अमेरिका मिलेर शक्तिशाली राष्ट्र चीनलाई कमजोर बनाउने षड्यन्त्र यतिखेर दिवास्वप्न साबित भएको छ । नेपालका राजनीतिक दलका नेताहरूले आफूलाई भारतको हलि, गोठाला, वफादार, हनुमान नठान्ने हो भने भारतीयकरणको खतराबाट नेपाल मुक्त हुन सक्ने, स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देशको स्वाभिमानी नागरिकका रुपमा रहन सक्ने ऐतिहासिक क्षण देखा पर्दैछ । भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको चीनले कतिपनि मन पराएको छैन । भारत समेतको सहयोगमा चीनको अभिन्न अंग तिब्बतलाई फ्रि तिब्बत बनाउने अभियान संचालन गरेको चीनले राम्रोसँग बुझेको छ । भारत चीनका सामु निकै कमजोर छ, यो जग जाहेर छ । नेपालीहरू अब भारतसामु हुतिहारा र कायर बन्नुपर्ने अवस्था रहँदैन । भारतले अति गरेको छ, अत्याचार गरेको छ । उसको खति अवश्यंभावी छ । समयभन्दा बलवान भारतीय शासनसत्ता छैन । भारतीय जासुस संस्था ‘रअ’का कुटनीति, रणनीति र कार्यनीतिलाई चीनले नजिकबाट नियालीरहेको छ । चीनको सहयोग पाएमा नेपाल सानो भएर पनि शक्तिशाली छ भन्ने प्रमाणित गरेर देखाउन सक्दछ । भारतपरस्त नेताहरूको संख्या ठूलो भएको कारण नेपालीहरूले भारतबाट ठूलो सास्ती खेपेर उकुसमुकुस वातावरणमा बाँच्नुपरिरहेको छ । भारतसँग कुनै पनि छिमेकी सन्तुष्ट छैनन् । छिमेकीको सहयोग बिना भारत शक्तिशाली बन्नै सक्दैन । भारतीय राजनीतिक संस्कार र परम्परा अब प्रत्युत्पादक साबित भएको छ ।