दीर्घराज प्रसाई
नेपाललाई चारवटा रोगले आक्रान्त बनाएको छ । १) क्यान्सर, २) करप्सन, ३) क्रिस्चियन र ४) कम्युनिष्ट–(२०६२ सालमा दिल्लीमा १२ बुँदे सहमति पछिका कम्युनिष्ट) । यी रोगहरुबाट कसरी नेपाललाई बचाउने ? २०६३ सालको जनआन्दोलनमा राजासँग सहमति गरे्र आन्दोलन रोकिएपछि यिनीहरुले राजा र जनतालाई धोका दिएर धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता लाध्न खोजेका दिनदेखि नेपाल ठूलो संकटमा परेको छ ।
ब्याप्त भ्रष्टाचार र अनेकौं रोगहरुबाट मुक्तहुन अभियान संचालन गर्नुपर्ने बेलामा कम्युनिष्टको नाममा नेपाललाई क्रिस्चियनकरणको रोगले ग्रसित गरेको छ । २०६३ सालपछिका देशद्रोही नेताहरुले देशलाई यस्तो संकटग्रस्त बनाइएको छ कि अव यसरी अत्याचारको पराकाष्ठा सहेर कोही पनि बसिरहदैनन् ।
बिरालालाई कोठामा थुनेर कुट्न लागियो भने उल्टो बिरालाले नैंं उसको घाटी
समात्न सक्छ । लोकतन्त्रको नाममा नेपालका कांग्रेस, एमाले, माओवादी नेताहरुले नेपाली जनतालाई जसरी धोका दिए त्यसरी नै. जनताले उनीहरुको घाँटी समात्न सक्छन् । विदेशीहरुको निर्देशन र ईशारामा माओवादी, कांग्रेस, एमाले र केही राष्ट्रद्रोही नेताहरुले प्रसस्त पैसा खाएर यो पूण्यभूमि माथि लात हानेका छन् । नेपाललाई धर्मनिरपेक्ष बनाएर क्रिस्चियनकरण गर्ने, गणतन्त्र र संघीयताबाट नेपाल टुक्रयाउन विदेशीको एजेण्डालाई सहयोग पुर्याइरहेका छन् । यिनीहरु गद्दारहर हुन् । यिनीहरलाई राष्ट्र डुबे पनि कुनै लाज छैन । यिनीहरुले महंगी, अभाव, असुरक्षा, हत्या, अपहरण, लुट्, बलत्कार आदिबाट अराजकत्तालाई संस्थागत गर्न खोजेका छन् । यसस्थितिमा आजीत भएर नेपाल अधिराज्यभरका नेपाली जनताले देश बचाउन र आफूहरुको सुरक्षार्थ राजसंस्थाको संरक्षण खोजेका छन् । हालै राजा ज्ञानेन्द्र मध्ये र पूर्वी तराइृको भ्रमण कार्यक्रममा भाग लिन जाँदा हजारौं जनताको भिडले राजाको स्वागत गर्दै‘ राजा आऊ देश बचाऊ’ भन्दै राजालाई अभिवादन गरे ।
नेपालका संचार माध्यमहरु, गैरसरकारकारी संस्थाका अगुवाहरु, नागरिक समाज, मानव अधिकारवादीहरु सबै सत्ताका दलाल मात्र छन् । अव देशभक्त नेपालीहरु जो जहाँ भए पनि देशद्रोहीहरुको बिरद्ध जाइलाग्न सचेत बन्दैछन् । यसरी कतिदिन राष्ट्रघाती अपराधीहरुको अत्याचार सहेर बसिरहने ? समयले पाटो फेरिसकेको छ । हिजो भारतले नेपाललाई कब्जा गर्न अनेकां हतकण्डा अपनायो । माओवादीका प्रचण्ड, बाबुराम भट्टराई र उनका कार्यकर्ताहरलाइृ भारतले फलेर भारतमा नैं सुरक्षाकासाथ तालीम दिएर राखेको थियो ।
राजा ज्ञानेन्द्रबाट पद नपाएर छटपट्टिएका कांग्रेसका नेता गिरिजा, एमालेमा नेता माधव नेपालहरुलाई सत्ता दिलाइदिने आश्वासन दिएर २०६२ सालमा १२ बुँदे सहमतिमा संयुक्त हस्ताक्षर गराएर त्यसैको आधारमा जनआन्दोलनमा सरिक गराएको हो । नेपाललाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएर देश डुबाउनहरुमा विदेशी हस्तक्षेप निम्त्याउने पञ्चायतकालका सूर्यबहादुर थापा, पशुपति शमसेर, नेपाली कांग्रेसका गिरिजा र शेरबहादुर देउपा नैं हुन् । भ्रष्टहरुको मूल्यांकन गर्दा गिरिजाप्रसाद एक नम्बरको भ्रष्ट–देशद्रोही मान्छिन् । त्यसपछि बाबुरम भट्टराई एक घातक देशद्रोही भ्रष्ट हुन् । बाबुराम भट्टराईको आड नपार्इृ उनकी की श्रीमती हीसिला यमी त्यसै अरबौंपति भइनन् होला ? त्यसैले देश डुबाउने काम बाहेक नेपालको हितमा गिरिजा र बाबुराम भट्टराईले एउटा पनि काम गरेनन् गरेका छैनन् ।
नेपालमा राजा रहेसम्म नेपाललाई आफ्नो कब्जामा राख्न सकिदैन भन्ने भारतले बुझेको थियो । राजासँग संझौता गरेर २०६३ वैशाख ११मा जनआन्दोलन रोकिएको अवस्थादेखि नैं राजा र नेपाली जनतालाई धोका दिएर नेपाललाई कब्जा गर्न भारत षडयन्त्ररत थियो । भारतीय गुप्तचर संस्थाले जे जे भन्छ त्यही गर्नमा नेपालका आन्दोलनकारी नेताहरु तम्तयार भएकाले जनआन्दोलन रोकिएको एक महिना नपुग्दै जेष्ठ ४ गते राजसस्थाको निरन्तरता गर्ने भन्दै भारतकै इशारामा धर्मनिरपेक्ष राज्य धोषित गरियो । धर्मनिरपेक्ष घोषित भएपनि जनता टुक्रिन्छन् र राजालाई पाखा लगाउन सजिलो हुन्छ भन्ने षडयन्त्रको बिजारोषण भारतीय गुप्तचर संस्था ‘रअ’ को को नैं निर्देशनमा भएको थियो । हिन्दु र बौद्धबिच फुट ल्याएपछि मुसलमान, केही क्रिस्चियन धर्ममा आवद्ध जनता धर्मनिरपेक्षको पक्षमा लड्छन् । त्यसमा पनि गाईको मासु खानेहरु मध्येका केही मुस्लिम, शेर्पा, तामाङ र जनजातीका अगुवाहरुलाई पैसा दिएर हिन्दु तथा बौद्धको बिरद्ध धर्मनिरपेक्षको समर्थनमा उनीहरुलाई देशी–विदेशी क्रिस्चियनहरुले उघ्र बनाए ।
‘हत्यारा अपराधीको नाम लिदा मात्र पनि,पक्राउ पर्छ निर्दोषी दोष यस्को छ कि भनी’
राष्ट्रघातीको चर्चा गर्दा आफै अपराधी जस्तो हुइनै अवस्था छ । किनकि उनीहरु दिनलाइृ रात र रातलाई दिन बनाउन सक्ने धाक दिनछन् । अहिले नेपालमा दिउँसै रात परेको छ । सत्य सबै झूट र झूट सबै सत्यमा परिणत गराउन खोजिदैछ । २०६३ सालपछिका पार्टीका १५।२० जना दलाल नेताहरु र नागरिक समाजका ५।७ जना भ्रष्ट फटाहाहरुले जे भने पनि संचार माध्यमहरुले प्रसारण गर्ने गर्छन् । उनीहरुले जति कुरा फेरेर फटाईं बोलून् त्यसको परवाह पत्रकारहरुलाई छैन । यसरी दिउँसै रात बनाउनमा संचार माध्यमको ठूलो हात छ । विदेशी गाँठ खाएकाहरुले यसो गरेरनन् भने पत्रकारहरुको जागिरै गुम्ने डर हुँदो हो । नेपालका राजा स्वभावैले हिन्दुअधिराज्यको समर्थक हुनेहुँदा धर्मनिरपेक्ष घोषणा गरिए पछि अमेरिका खुलेर भारतीय डिजाइन्लाई समर्थनगर्दै नेपालमा आर्लियो । धर्मनिरपेक्ष घोषाण भएपछि जवरजस्त राजालाई लखेट्ने काम गरिएपछि राजाको पक्षमा जनता बोल्दैनन् भन्ने दाउ हेरर बसेको अमेरिका पनि नेपाललाई आधार इलाका बनाएर फ्रि तिब्बतको नाममा चीन हान्न सकिन्छ र नेपाललाई क्रिस्चियनकरण गराउन सजिलो ठान्यो । त्यसपछि आर्थिक स्रोतकासाथ बेलायत लगायत यूरोपियन युनियन्का राष्ट्रहरुले पनि धर्मनिरपेक्ष र गणतन्त्रको समर्थनगर्दै नेपालमा सरिक हुनआए । विदेशीहरुको आडमा कांग्रेस, एमाले माओवादीलाई कति सजिलो भयो धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता घोषणा गर्नलाई ? यसरी सारा विश्व शक्ति लागेपछि राजा ज्ञानेन्द्रले पनि नारायणहिटी छोड्नु बाहेक अरु विकल्प थिएन । ठीकै हो । तर श्रीपेच त यथावतै थियो । यो अवस्थामा नेपाली जनताले राजसंस्थाको संरक्षण खोजेको छ । राजाले आप्mनो देश र जनताको संरक्षण गर्ने समर्पपण देखाउनुपर्छ ।
जनताको अभिमत बीना धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता घोषणा गरेर अशान्ति र विखण्डनको विजारोपण गरिएको छ । देश लेट्ने, ब्रम्हलुट मच्चाउने, जनता मार्ने, देशको प्रतिष्ठा माथि लात हान्ने, सार्वभौम नेपालको अस्तित्व समाप्त पार्न बाहेक २०६३ सालपछिका पार्टीका नेताहरुले केह िकाम गरेनन् । यसअवस्थामा त्यस्ता अपराधीहरुलाई समातेर सजाय दिनुसक्नु पर्छ । यस्ता अपराधीहरलाई कुन देशमा सजाय भएको छैन ? राजा ज्ञानेन्द्रबाट आफ्रनो ज्नमदिनको दिनमा पत्रकारहरु समक्ष केही विचारहरु व्यक्त भएका थिए– ‘२०६३ बैशाख ११ गतेको घोषणाको पांच वर्ष भन्दा बढि समय सम्म पनि मेरो त्यो त्याग र सदासय फलीभुत भएको अनूभुती नेपाली जनतामा मैले पाईरहेको छैन । नेपाल र नेपालीको भविष्य र भाग्यको मार्ग रेखा नेपालीले कोरुन् भन्ने नै मेरो भित्री अभिलाषा हो । तर आफ्नो, आफ्ना पूर्खाको र स्वाभिमानी नेपालीको चाहनाले विगत पांच वर्षभित्र कूनै मुर्तरुप लिन सकेको छैन । यस्तो अवस्था आउला भनेर गद्दी छाडेको थिइंन । मैले जुन अवस्थामा गद्दी छाडेको थिएँ यस्तो होला जस्तो लागेको थिएन । मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ । । म जुनसुकै हैसियतमा पनि नेपालकोस्वतन्त्रता र अखण्डताको विमित्त समर्पित हुनेछु ।’ यद्यपि राजाले पाखण्डी नेताहरुबाट धोका खाएर देशमा रक्तपात हुने अवस्था आउनसक्छ भनेर वाध्यताकासाथ मुकुट छोडेको थियो । गणतन्त्रको घोषणा वैधानिकता थिएन ।
अव लथालिङ्ग भएको यो राष्ट्रलाई ठीक बाटोमा ल्याउन अरु कोही होइन, राजा ज्ञानेन्द्रबाट मात्र संभव छ । पूवीृ र मध्ये तराईको भ्रमणमा राजाप्रतिको नेपाली जनताको मोहले पनि यो कुरा स्पष्ट गरेको छ । के देशभक्त राजा ज्ञानेन्द्रको दाँजोमा २०६३ सालपछिका कुनै पार्टीका अराष्ट्रिय नेताहरु पूग्न सक्छन् ? राजा ज्ञानेन्द्रलाई देशको सबै अवस्थाको जानकारी छ र कसरी देशलाई सम्हाल्न सकिन्छ भन्ने उहाँसँग अनुभव छ । राजा ज्ञानेन्द्रमा कसैप्रति कुनै पुर्वाग्रह पनि छैन, सबैपक्षलाई मिलाएर लाने क्षमता छ । यस अवस्थामा सबै पार्टीभित्र र बाहिरका देशभक्तहरुले राजा ज्ञानेन्द्रको राष्ट्रवादी वचनवद्धतालाई शिरोपर गर्न सक्नुपर्दछ ।
राजा ज्ञानेन्द्रको मध्यस्ततामा सबैपार्टी र पार्टी बाहिरका देशभक्तहरुले २०४७ सालको संविधानमा टेकेर नयाँ मंत्रिपरिषदको गठन गरेर त्यसैबाट मुलुकको निकाश खोज्नुपर्दछ । त्यसपछि सहमतिमा सारा व्यवस्था मिलाएर २०४७ सालको संविधान अनुसार संसदीय निर्वाचन गराएर निर्वाचित संसद र त्यसपछिको मंत्रिपरिषदबाट देशभित्रका ब्याप्त भ्रष्टाचार र विदेशी हस्तक्षेपबाट मुक्त भएर यो पूण्यभूमिलाई बचाउन सकिन्छ । राजा ज्ञानेन्द्रको तीनपटक राजा हुने योग परेको पनि छ । त्यसैले राजा ज्ञानेन्द्रलाई ससम्मान राज्यरोहण गराएर २०४७ सालको संविधानमा फर्किएर राष्ट्रलाई मार्गदर्शन गर्नु ।
dirgharajprasai@gmail.com
साभार: हिन्दु प्रजातान्त्रिक पार्टी